site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शेखर पक्षले खोज्यो प्रदेश सरकारमा भाग, देउवाले गरिदिए बेवास्ता

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले प्रदेशमा गठन हुने नयाँ सरकारमा पार्टीभित्रको सन्तुलनलाई लिएर प्रश्न उठाएको छ । सरकार गठन र पार्टीबाट पठाउने मन्त्रीहरूबारे आफूसँगै कुनै छलफल नगरेपछि कोइराला पक्षले असन्तुष्टि जनाएको हो ।

प्रदेश सरकार गठन र आफ्नो समूहको सहभागिताबारे कोइराला पक्षका नेताहरूबीचमंगलबार दिउँसो विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा छलफल भएको थियो । जहाँ उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन सहभागी थिए ।

बैठकले कोसीमा दुई, वाग्मतीमा तीन, गण्डकीमा दुई, लुम्बिनीमा दुई, कर्णालीमा एक र सुदूरपश्चिममा एकजना मन्त्री आफ्नो समूहले पाउनुपर्ने निष्कर्ष निकालेको छ ।

बैठक सकिएलगत्तै कोइरालाले सभापति देउवालाई फोन गरेर आफ्नो समूहको धारणा सुनाएका थिए । तर, बुधबार साँझसम्म देउवाले कुनै जवाफ नदिएको एक पदाधिकारीले जानकारी दिए । 

ती पदाधिकारीका अनुसार विभिन्न प्रदेशमा भइरहेको सरकार गठनबारे सञ्चार माध्यममा आएका समाचारबाहेक कोइराला पक्ष पूरै बेखबर छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  २१:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro