site stats
बाह्रखरी :: Baahrakhari
देश
मकवानपुरमा कार र ट्यांकरलाई ठक्कर दिएर रुखमा जोतियो बस
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोस्टनजिक डाइभरडाँडामा यात्रीवाहक बसले कार र ट्यांकरलाई ठक्कर दिँदा १० जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडकखण्डमा यो दुर्घटना भएको हो ।

शनिबार (जेठ ३१) अपराह्न वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ना५ख २९७० नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको कारलाई ठक्कर दिएको थियो । सोही बसले अगाडिको ट्यांकरलाई समेत ठक्कर दिएपछि एउटा रुखमा ठोक्किको थियो ।

दुर्घटनामा बसका चार यात्री र कारमा सवार ६ गरी १० जना घाइते भएका र सबैलाई उपचारका निम्ति हेटौँडा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  २०:१४
प्रतिक्रिया दिनुहोस्