site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायललाई सहयोग नगर्न अमेरिका, फ्रान्स र बेलायतलाई इरानको चेतावनी
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी ।

काठमाडौं । इरानले अमेरिका, फ्रान्स र बेलायतलाई इजरायललाई सहयोग नगर्न चेतावनी दिएको छ । इरानको सरकारी मिडियाले यो जानकारी दिएको छ ।

यदि, यी तीन देशले इजरायललाई समर्थन गरेमा इरानले ती मुलुक सम्बन्धित सैन्य अड्डा र विमानहरूलाई निसाना बनाउने जनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इरानी आक्रमणको प्रतिक्रियामा इजरायलको सुरक्षा प्रयासका बारेमा गरिएको टिप्पणीका बारेमा बेलायतले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । तर, बेलायतले कुनै सैन्य कारबाहीमा भाग नलिएको जनाइएको छ ।

बीबीसीका ज्याक फेनविकलाई इजरायलले बेलायतबाट त्यस्तो सहयोगका निम्ति कुनै अनुरोध नगरेको बताइएको छ ।

विगतमा इरानले इजरायललाई ड्रोनमार्फत निसाना बनाएको थियो । तिनलाई खसाल्न त्यति बेला बेलायतले साइप्रसबाट आरएएफ टाइफुन जेट विमान पठाएको थियो ।

इजरायलले शुक्रबार (जुन १३) इरानका विभिन्न स्थानमा आक्रमण गरेको थियो । त्यसपछि इरानले बदलास्वरूप इजरायलमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । बीबीसीबाट ।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  २०:५०
प्रतिक्रिया दिनुहोस्