site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्री सिफारिसप्रति कांग्रेस महामन्त्रीद्वयको असन्तुष्टि, सभापतिलाई लिखित ध्यानाकर्षण बुझाउने
SkywellSkywell

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवालाई लिखित ध्यानाकर्षण बुझाउने तयारी गरेका छन् । 

महामन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई भेटेर लिखित रूपमा विभिन्न विषयमा ध्यानाकर्षण गराउने तयारी गरेका हुन् । 

Dabur Nepal
NIC Asia

महामन्त्रीद्वयले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशितालाई ख्याल नगरेको‚ विवादित र स्वार्थ बाझिने सांसदहरूलाई मन्त्री बनाएको विषयमा ध्यानाकर्षण गराउने तयारी गरेका हुन् । यस्तै‚ असोज २३ मा बस्ने केन्द्रीय समितिमा उठान गर्नुपर्ने एजेन्डालगायत विषय समावेश गरेर लिखित ध्यानाकर्षण गराउने तयारी भएको महामन्त्री निकट स्रोतले बतायो । 

“मन्त्रिमण्डल गठन‚ समावेशीताका कुरा‚ आसन्न केन्द्रीय समिति‚ संगठनात्मक विषय लगायत समसामयीक विषयमा ध्यानाकर्षण गर्न लागिएको हो‚” स्रोतले भन्यो‚ “ समय टुंगिसकेको छैन । भोलि जाने तयारी भएको छ ।”

नयाँ गठबन्धन बनेर मन्त्रिमण्डलको विषयमा कांग्रेसभित्र असन्तुष्टि छ । यस्तै‚ कांग्रेसको अहिले संगठनात्मक गतिविधि पनि लगभग शून्य नै छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu