site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सबै समुदायको भूमिका महत्त्वपूर्ण : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले देखेको समाजवाद निर्माणको सपना पूरा गर्न सबै समुदायको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । शनिबार ललितपुरको खोकनामा मौलिक र ऐतिहासिक पर्व रुद्रायणी देवीको १२ वर्षे मेला समापनका अवसरमा उनले यस्तो बताएका हुन् ।

नेवाःलगायत समुदायको योगदानका कारण संविधानमार्फत सबैको अधिकार निश्चित गरिएको र हाल त्यो कार्यान्वयनको चरणमा रहेको उनले उल्लेख गरे । आफू पहिलोपटक प्रधानमन्त्री भएका बेला ०६५ सालमा नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता प्रदान गर्ने घोषणा गरेको उनले स्मरण गरे । पछिल्लोपटक नेपाल संवत्लाई हरेक सरकारी कागजातमा उल्लेख गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

हाल वाग्मती प्रदेशमा नेपालभाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा हुनु थप ऐतिहासिक काम भएको उनको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले नेवारी सभ्यताभित्र रहेको साझापन र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो भएकाले यसलाई अझै प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

उनले नेवाः सभ्यताको मौलिकतालाई कायम राख्दै नेवारी संस्कृतिलाई पर्यटन र आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro