site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाबाट तर्सिएर लखेट्न थालियो : डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले आफ्नो पार्टीको सफलता देखेर लखेट्ने काम भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर गरेका काम–कारबाहीबाट तर्सिएर पुराना भनिएका दलहरूले लखेट्ने गरेको जिकिर गरे ।

रास्वपाप्रति जस्तो टीकाटिप्पणी गरिए पनि पार्टी स्थापनाका समयमा गरेका प्रतिबद्धतालाई आफूहरूले नभुलेको उनले बताए । पार्टी थप परिष्कृत भएर अघि बढेको उनले उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

उनले रास्वपा अरू पार्टीभन्दा धेरै भिन्न रहेको बताए । यसको नीति र योजना स्पष्ट रहेको उनले जिकिर गरे । रास्वपाका कोही नेताले व्यक्तिगत स्वार्थ नहेरी देश र जनताका निम्ति योगदान दिने उनको भनाइ छ ।

अर्यालले देश बनाउने रास्वपाको अभियान संविधानभित्र रहेर अघि बढाइने बताए । हिमालयन टेली भ्वाइस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro