site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
फोनपे डिरेक्टबाट भुक्तानी गर्दा आईफोन १५ प्रो जित्न सकिने
SkywellSkywell

काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक, फोनपेले “फोन पे डिरेक्टः पैसा पठाऔँ ठाउँको ठाउँ” अफर योजना सार्वजनिक गरेको छ ।

दुई महिनासम्म चल्ने अभियान भदौ ३१ मा बन्द हुने फोनपले जनाएको छ । अभियानको अन्त्यमा दुई विजेतालाई आईफोन १५ प्रो उपलब्ध हुने फोनपेले बताएको छ । यो मेगा उपहार जित्न प्रयोगकर्ताहरूले फोनपे डिरेक्टबाट पैसा पठाउदा रिमार्क्स सेक्सनमा प्रमोकोड फोनपे डिरेक्ट राख्नुपर्ने छ ।

Dabur Nepal
NIC Asia

अभियान अवधिमा मोबाइल बैंकिंग एप प्रयोग गरेर फोनपे डिरेक्टमार्फत कम्तीमा तीन पटक पैसा  ट्रान्सफर गर्नु पर्ने कम्पनीले जनाएको छ । फोनपेका चिफ इसट्राटेजी अफिसर सुबोध शर्माले भने फोन पे डिरेक्टः पैसा पठाऔँ ठाउँको ठाउँ अभियान पुनः ल्याउन पाएको खुसी व्यक्त गरेका छन् ।

अभियानले आमनागरिकलाई अनलाइन भुक्तानीका लागि प्रोत्साहन गर्ने कम्पनीको विश्वास छ । फोनपेले आफ्ना ग्राहकको वित्तीय कारोबारको सुरक्षालाई प्राथमिकता राख्दै आएको बताएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu