site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आठ वर्षमा पनि सकिएन काम, एक महिनाभित्र सक्न निर्देशन

कीर्तिपुर । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले चोभारस्थित पुष्प तथा फलफूल थोक बजारमा संरचनाको निर्माण एक महिनाभित्रै सम्पन्न गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएका छन् ।  

फूल र फलफूलको बिक्रीलाई व्यवस्थित गराउने उद्देश्यले आठ वर्षअघि सुविधा सम्पन्न भवन निर्माण सुरु गरिएको थियो । तत्कालीन समयमा दुई वर्षको म्याद राखिएको थियो । 

कालिमाटीस्थित फलफूल तथा तरकारी विकास समितिको स्वामित्वको उक्त बजार निर्माण भएपछि फलफूलको बिक्री सुविधा सम्पन्न बहुतले दुई भवनबाट हुनेछ । 

विगतमा कृषि चुन कारखाना सञ्चालन भएको कूल २३ रोपनी फराकिलो जमिनमा आधुनिक फलफूल बजार सञ्चालमा ल्याउन विसं २०७३ असोजमा करिब ३५ करोड लागतमा ठेक्का सम्झौता भएको थियो । हाल संरचना निर्माणको भौतिक प्रगति ८७ प्रतिशत मात्रै भएको जनाइएको छ । हालसम्म आयोजनाको म्याद ११ पटक म्याद थप गरिएको छ । 

मन्त्री अधिकारीलाई निर्माण व्यवसायी रवि सिंहले हालसम्म भएका प्रगति, अहिलेको अवस्था र समस्याबारे  जानकारी गराएका थिए ।  “निर्माणस्थलको दक्षिण–पश्चिम कुनाबाट अनपेक्षित ढंगबाट ठूलो मात्रामा पानी आइरहेको छ, त्यसको निकासका लागि संरचना बनाउन निर्देशन र आवश्यक बजेटको व्यवस्था नभएसम्म निर्माण अघि बढ्ने अवस्था छैन”, उनले भने । उनले दुवै भवन निर्माण अन्तिम चरणमा रहेको जानकारी गराए ।  रासस

    

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  २१:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro