site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बढेको बजारमा १० कम्पनीका लगानीकर्ताले गुमाए (सूचीसहित)
SkywellSkywell

काठमाडौं । पछिल्ला तीन दिनमा धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक समग्रमा ८.२०९ प्रतिशतले बढेको छ । सबै कम्पनीको सेयर मूल्य बढ्दा पछिल्ला दिनम समग्रमा नै बजारमा हरियाली छाएको छ । तर, बढेकै बजारमा पनि गुमाउने लगानीकर्ता धेरै छन् ।

तीन दिनको अवधिमा माण्डु हाइड्रोपावर, आँखु खोला जलविद्युत, गणपति लघुवित्तलगायत १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । साउन ३१ गतेपछिको तीन कारोबार दिनमा माण्डु हाइड्रोपावरको सेयर मूल्य १३ प्रतिशत अर्थात् १९४ रुपैयाँ १० पैसाले घटेको छ ।

यस कम्पनीको सेयर मूल्य साउन ३१ गते प्रतिकित्ता एक हजार ४९३ रुपैयाँ १० पैसा थियो । तर, तीन कारोबार दिनमा यस कम्पनीका लगानीर्ताले प्रतिकित्ता १९४ रुपैयाँ १० पैसा गुमाएका छन् । बिहीबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार २९९ रुपैयाँ कायम भएको छ ।

Dabur Nepal
NIC Asia

त्यसैगरी, तीन दिनमा आँखु खोला जलविद्युत् कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०.५ प्रतिशतले घटेको छ । असार ३१ गते प्रतिकित्ता २२० रुपैयाँमा कायम भएको यस कम्पनीको सेयर मूल्य बिहीबार प्रतिकित्ता १९६ रुपैयाँ ९० पैसा कायम भएको छ ।

तर, बजार बढ्दा २४ प्रतिशतसम्म सेयर मूल्य बढेको छ । मन्दकिनी हाइड्रोपावरको सेयर मूल्य तीन दिनमा २३.८९ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी तीन दिनमा युनिलिभर नेपालको सेयर मूल्य प्रतिकित्ता पाँच हजार १७२ रुपैयाँले बढेको छ । युनिलिभरको सेयर मूल्य बिहीबार प्रतिकित्ता ५२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

बजार बढ्दा पनि सेयर मूल्य घट्ने १० कम्पनी :

क्र.स.संकेतकम्पनीको नामसेयर मूल्यपरिवर्तित मूल्य 
असार ३१ गतेसाउन ३ (रु.)घटेको प्रतिशत
1KBSHकुथेली बुखरी स्मल हाइड्रोपावर१५०९१५०५-४-०.२७
2USHLअपर स्याङ्गे हाइड्रोपावर६२५६२२-३-०.४८
3BGWTभगवली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी९८७.३९७७.१-१०.२-१.०३
4SAMAJसमाज लघुवित्त वित्तीय संस्था२९२६२८९०-३६-१.२३
5MKCLमुक्तिनाथ कृषि कम्पनी १३९०१३७१-१९-१.३७
6JFLजानकी फाइनान्स७४२.५७२४-१८.५-२.४९
7MKHLमाइखोला हाइड्रोपावर७४२.५५६५-२५.९-४.३८
8GMFBSगणपति लघुवित्त वित्तीय संंस्था२२०५२०७५-१३०-५.९
9AKJCLआँखु खोला जलविद्युत कम्पनी२२०‍१९६.९-२३.१-१०.५
10MANDUमाण्डु हाइड्रोपावर१४९३‍.११२९९-१९४.१-१३

 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu