site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनको भावी लक्ष्य  : अर्थतन्त्रमा सुधार, अझ आधुनिकीकरण
SkywellSkywell

संघाई । चीनले बजार अर्थतन्त्रलाई सुधार गर्दै अघि बढ्ने घोषणा गरेको छ । राष्ट्रपति सी जिनपिङको अध्यक्षतामा चार दिनसम्म चलेको चिनियाँ कम्युनिस्ट पार्टीको चार दिने थर्ड प्लेनमको समाप्तिपछि जारी गरिएको वक्तव्यमा सो कुरा उल्लेख छ ।

सो पार्टीले आगामी दिनमा विस्तृत रुपमा गहिराईमा गएर सुधार गर्ने र चिनियाँ आधुनिकीकरणलाई अझ अगाडि बढाउने जनाएको छ । सो पार्टीले चीनमा खुलापनलाई पनि अघि बढाउने जनाइएको छ ।

Dabur Nepal
NIC Asia

प्लेनमले पूर्वविदेशमन्त्री क्विन गाङले दिएको राजीनामासमेत स्वीकार गरेको छ । उनलाई पार्टीको केन्द्रीय कमिटीबाट हटाइएको छ । के कारणले हटाइएको भन्ने बारेमा खुलाइएको छैन । उनलाई करिब एक वर्षअघि विदेशमन्त्रीबाट बर्खास्त गरिएको थियो ।

सो अवसरमा राष्ट्रपति सीले विज्ञान र प्रविधिको क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने कुरामा जोड दिएका थिए । प्लेनमले उच्च गुणस्तरको विकासमा पनि जोड दिएको छ । यसैगरी चिनियाँ औधोगिक ‘सप्लाई चेन’लाई समेत स्तरोन्नति गरिने जनाइएको छ ।

यस्तै कर र आर्थिक प्रणालीमा सुधारको लागि पनि प्लेनमले जोड दिएको छ । प्लेनमको विस्तृत निर्णय भने पछि सार्वजनिक गरिने अपेक्षा गरिएको छ । प्लेनमको बैठक सोमबार सुरु भएर विहीबार सम्पन्न भएको हो । यस्तो बैठक चिनियाँ कम्युनिस्ट पार्टीले हरेक ५ वर्षमा गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu