site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्र संघीय अध्ययन भन्छ– इन्फ्लुएन्सर र कन्टेन्ट क्रिएटर तथ्यजाँच गर्दैनन् 

काठमाडौं । सामाजिक सञ्जालका इन्फ्लुएन्सरलाई तत्काल तथ्यजाँच सम्बन्धी तालिम दिन आवश्यक रहेको युनेस्कोले जनाएको छ । अनलाइनमा भ्रामक सूचनाको प्रशारण रोक्न र कम गर्न उनीहरूलाई तालिम आवश्यक रहेको युनेस्कोले जनाएको हो ।

संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को एक प्रतिवेदनले दुई तिहाई कन्टेन्ट क्रिएटर आफ्नो सामग्रीको सत्यतथ्य जाँच गर्न असफल हुने गरेको देखाएको छ । यसैकारण त्यस्ता कन्टेन्ट क्रिएटरका फ्लोअरहरू भ्रामक सूचनाको चपेटामा पर्ने गरेको युनेस्कोले बताएको छ ।

युनेस्कोले गरेको सर्वेक्षणमा प्राप्त यो निष्कर्षले कन्टेन्ट क्रिएटरलाई मिडिया र साक्षरता शिक्षाको आवश्यकता देखाएको हो । 

“तथ्यजाँचको कमीले गलत सूचनाको जोखिमलाई झल्काएको छ । यसले भविष्यमा सार्वजनिक बहस र मिडियामाथिको विश्वासका लागि परिणाम निम्त्याउन सक्छ,” युनेस्कोको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

दशमध्ये मध्ये ६ क्रिएटरले आफ्ना दर्शकसँग सेयर गर्नुअघि जानकारीको तथ्य प्रमाणित नगरेको बताएका छन् । यस्तै ती क्रिएटरले कुनै पनि जानकारीका लागि सरकारी कागजात वा वेबसाइटजस्ता भरपर्दाे स्रोत नहेर्ने गरेको अध्ययनले देखाएको छ ।

युनेस्कोकी मिडिया साक्षरता विशेषज्ञ एडलिन हुलिनले इन्फ्लुएन्सरले आफूहरूलाई पत्रकारिताको संज्ञा नदिने गरेको बताइन् ।

फ्रान्सेली पत्रकार सलोमे सकुले कन्टेन्ट क्रिएटरहरूलाई ‘पत्रकारिताको अभ्यास’ नहुने गरेको बताएकी छन् । त्यसैले उनीहरूले आफ्नो कामको असरबारे बुझ्न आवश्यक रहेको उनको भनाइ छ । बरु भ्रामक सूचना रोक्न पेसागत पत्रकारहरूले आफ्नो काम सामाजिक सञ्जालबाट सेयर गर्नुपर्ने उनको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro