site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इन्टर मियामीको मुख्य प्रशिक्षक बने मास्चेरानो 

काठमाडौं । मेजर लिग सकर (एमएलएस)को क्लब इन्टर मियामीले पूर्वअर्जेन्टिनी मिडफिल्डर हाभियर मास्चेरानोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । 

४० वर्षीय मास्चेरानोले मियामीसँग तीन वर्षको सम्झौता गरेका हुन् । सम्झौताअनुसार मास्चेरानो सन् २०२७ सम्म मियामीको जिम्मेवारीमा रहने छन् । मास्चेरानो गेरार्डो मार्टिनोको स्थानमा मियामी आएका हुन् । 

Dabur Nepal
NIC Asia

मार्टिनोले गत साता व्यक्तिगत कारण देखाउँदै मियामीको जिम्मेवारी छोडेका थिए । “इन्टर मियामीजस्तो क्लबको नेतृत्व गर्न पाउनु मेरा लागि सम्मानको कुरा हो । यो अवसरको सक्दो सदुपयोग गर्न आफ्नो शतप्रतिशत दिनेछु,” सम्झौतापछि मास्चेरानोले भने । 

मियामीको जिम्मेवारीमा आउनुअघि मास्चेरानोले अर्जेन्टिनाको यू–२० टिमको मुख्य प्रशिक्षण सम्हालेका थिए । पेरिस ओलम्पिक–२०२४ मा अर्जेन्टिनाको यू–२३ टोली पनि मास्चेरानोकै प्रशिक्षणमा थियो । योसँगै मास्चेरानो र उनका पूर्वसहकर्मी लियोनल मेसीबीच पुनः सहकार्य हुने भएको छ । यी दुईले अर्जेन्टिना र बार्सिलोनाबाट एकसाथ एक दशक सहकार्य गरेका थिए । 

सन् २०१४ मा मेसीको कप्तानीमा अर्जेन्टिना फिफा विश्वकपको फाइनल पुग्दा मास्चेरानो टिमका महत्त्वपूर्ण सदस्य थिए । मास्चेरानोले अर्जेन्टिनाबाट १४७ क्याप जितेका छन् । उनी मेसीपछि अर्जेन्टिनाबाट सबैभन्दा धेरै क्याप जित्ने खेलाडी समेत हुन् । उनले सन् २०२० मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro