site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चिनियाँ विमान लगातार तेस्रो दिन ताइवानको हवाई क्षेत्रमा !

काठमाडौं । चीनले ताइवानको सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएको छ । इवानको रक्षा मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत बुधबार बिहान करिब १७ चिनियाँ विमान र सातवटा जहाज ताइवानको सीमा नजिक पुगेको जनाएको छ । तीमध्ये १० वटा विमान ताइवानको आकाशमा घुसेका छन् ।

चीनले पछिल्लो केही दिनयता ताइवानको सीमामा सैन्य गतिविधि बढाएको छ । यसअघि, गत मंगलबार पनि पाँच चिनियाँ विमान र सातवटा जहाज ताइवान सीमा नजिक देखिएका थिए । जसमध्ये चारवटा विमान ताइवानको आकाशमा प्रवेश गरेका थिए । सोमबार पनि १२ चिनियाँ विमान र सात विमानले ताइवानको सीमा नाघेका थिए ।

Dabur Nepal
NIC Asia

चीनबाट हुने लगातार घुसपैठ हुन थालेपछि ताइवानले सुरक्षा व्यवस्था कडा बनाउने निर्णय गरेको छ ।

चीनले मंगलबार अमेरिकी नौसेनाको विमानको निगरानी गर्न आफ्ना सैन्य विमान र नौसैनिक जहाजहरू तैनाथ गरेको जनाएको छ । अमेरिकी नौसेनाको सातौँ फ्लाइटको पीएटवान पोसेडन विमानले चीन र ताइवान बीचको समुद्री मार्गबाट ​​उडान भरेको थियो ।

चीनले अमेरिकाको कदमको आलोचना गर्दै यसलाई क्षेत्रीय शान्ति र स्थिरताका लागि खतरा भएको बताएको छ । तर, अमेरिकाले अन्तर्राष्ट्रिय कानुनबमोजिम गस्ती गरेको दाबी गरेको छ ।

चीन र ताइवानबीच जारी विवादमा अमेरिका ताइवानलाई सबैभन्दा धेरै हतियार दिने राष्ट्र हो ।

ताइवानन्युजबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro