site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हुम्लाको सर्केगाडको उपाध्यक्षमा कांग्रेसले माग्यो एमालेको साथ 

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षको उपनिर्वाचनमा सत्तारूढ नेपाली कांग्रेसले नेकपा (एमाले)को साथ खोजेको छ । कांग्रेसले एमालेलाई चुनावी सहकार्यको प्रस्ताव राखेका हो ।

बुधबार कांग्रेसका सहमहामन्त्री जीवन परियार र एमालेका नेता गोरखबहादुर बोगटीसहित स्थानीय नेताहरूसँग तालमेलबारे छलफल गरेका हुन् । परियारले छलफल भए पनि टुंगोमा नपुगिएको बताए ।

“हामीले नै चुनाव जित्ने पक्का छ । तर, एमाले तेस्रो पोजिसनमा रहेकाले हामीलाई सहयोग गर्नुस् भनेका छौँ,” सहमहामन्त्री परियारले भने, “उहाँहरू सकारात्मक हुनुहुन्छ । केन्द्रबाट निर्णय आए गर्छौं भन्नुभएको छ ।”

कांग्रेस केन्द्रीय सदस्य रंगमति शाहीले पनि सहमति भइनसकेको बताइन् । “सहामन्त्रीसँग भेट्न आउनुभएको थियो । भेटपछि फोटो खिचिएको हो, सहमति भइसकेको छैन,” उनले भनिन् ।

सर्केगाडमा कांग्रेसबाट सविता बुढा, एमालेबाट जाना शाही, नेकपा (माओवादी केन्द्र)बाट देवकी तिमल्सेना उमेदवार छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट संगीता शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बाँचा बुढा र नरेश शाही स्वतन्त्र उमेदवार छन् ।

सर्केगाडमा ०७९ को निर्वाचनमा कांग्रेस–माओवादीबीच गठबन्धन भएको थियो । पालिका अध्यक्षमा कांग्रेसका ठानबहादुर रोकाया तीनहजार ३४५ मत ल्याएर निर्वाचित भएका थिए । माओवादीबाट चन्द्रसिंह कार्की पालिका उपाध्यक्षमा निर्वाचित भएका थिए । उनले तीनहजार २६९ मत ल्याएका थिए । 

उपाध्यक्षमा निर्वाचित कार्कीको ०८१ भदौ ४ गते सवारी दुर्घटनामा परी उनको निधन भएको थियो । कार्कीका प्रतिष्पर्धी एमालेकी जुनकुमारी फडेरा एक हजार ६४ मत ल्याएर पराजित भएकी थिइन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro