site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ई–प्लानेट नेसनल हाई स्कुल टी–टेन क्रिकेट च्याम्पियनसिप हुँदै 

काठमाडौं । युवा क्रिकेटरलाई प्रोत्साहन गर्ने उद्दश्यले ई–प्लानेट नेसनल हाई स्कुल टी–टेन क्रिकेट च्याम्पियनसिप हुने भएको छ । हाइपएती इभेन्ट्स र ई–प्लानेट एजुकेसनल कन्सल्टेन्सीको सहकार्यमा आगामी माघ ९ देखि १२ गतेसम्म नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप हुन लागेको हो । 

देशभरका कलेजलाई सहभागी गराउने उद्देश्यले सातै प्रदेशमा छनोट प्रतियोगिता गर्न लागिएको हाइपएतीको सीईओ एलिजा थापाले बताइन् । छनोट प्रतियोगिता आगामी पुस ३ गते हुने आयोजकले जनाएको छ ।

इटहरी, जनकपुर, बुटवल, पोखरा, सुर्खेत, धनगढी र काठमाडौंमा प्रदेश छनोट हुनेछन् । सात प्रदेश र आयोजकको एक गरी कुल आठ टोलीले टी टेनमा प्रतिस्पर्धा गर्ने जनाएको छ । हाइपएती इभेन्ट्सले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । 

नकआउटका आधारमा हुने प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् । ई–प्लानेटका कार्यकारी अध्यक्ष नयन लामिछानेले नेपाली क्रिकेटको युवा प्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रव्यापी क्रिकेट प्रतियोगिता सुरू गरेको बताए । 

प्रतियोगिकाको प्रदेश विजेताले ५० हजार रूपैयाँ पाउनेछ । राष्ट्रिय प्रतियोगिताको विजेताले एक लाख रूपैयाँ र उपविजेताले ५० हजार रूपैयाँ पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउनेछन् । विधागत उत्कृष्टले पनि १० हजार र ट्रफी पाउनेछन् । 

प्रतियोगितामा कुल ५७ वटा टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । यो प्रतियोगिताले नेपालभरका हाइस्कुल खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउने भएकाले राष्ट्रिय खेलाडी बन्ने वातावरण पनि निर्माण हुने आशा गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro