site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थतन्त्रमा सुधार आउँछ : अर्थमन्त्री पौडेल
SkywellSkywell

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आमनागरिकको निराशालाई चिर्दै अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताएका छन् । 

बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघसँगको छलफलका क्रममा पौडेलले निराशा चिर्दे आशा जगाउने उपायको खोजी गर्दै सरकार अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताए । निजी क्षेत्रको मनोबल खस्किए मुलुकको अर्थतन्त्र नै धरासयी बन्ने भएकाले यसतर्फ मन्त्रालयले विशेष ध्यान दिने उनको भनाइ थियो । 

Dabur Nepal
NIC Asia

उनले अर्थतन्त्रमा देखिएको समस्याको चाङप्रति आफू गम्भीर रहेकाले निजी क्षेत्रलाई पनि सँगै लिएर अघि बढ्ने उल्लेख गरे ।  आन्तरिक र बाह्य कारण देखिएको समस्यालाई समाधान गर्न स्थिर सरकार बनेको उनको भनाइ छ । 

सरकारको सूचीमा अर्को एउटा सरकार बनाउने र फोटा टाँस्नका लागि मात्रै सरकार गठन नभएको भन्दै उनले समस्या समाधानका लागि नै सरकारको सम्पूर्ण ध्यान केन्द्रित गर्ने जिकिर गरे ।

सो क्रममा नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष राजेशकुमार अग्रवालले अहिलेको अवस्थामा निजी क्षेत्रले भोग्नुपरेको समस्याका बारेमा अर्थमन्त्रीलाई अवगत गराएका थिए ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu