site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
फोनपे र कर्मचारी सञ्चय कोषबीच भुक्तानीसम्बन्धी साझेदारी
SkywellSkywell

काठमाडौ । फोनपे पेमेट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोष (ईपीएफ)बीच भुक्तानीसम्बन्धी साझेदारी भएको छ । एपीआई आधारित होस्ट–टू–होस्ट (एचटूएच) भुक्तानीको सुविधा प्रदान गर्न उक्त सम्झौता भएको हो ।

यो इन्टेग्रेसनले कर्मचारी सञ्चय कोषको एप (ईआरपी) प्रणालीलाई फोनपेको भुक्तानी प्रणालीसँग जोडेको छ । यसो गर्दा, कर्पोरेट भुक्तानीहण्ज्ञढज्ञ जस्तै, व्यवसायदेखि ग्राहक (बी२सी), व्यवसायदेखि व्यवसाय (बी२डी) र व्यवसायदेखि सरकार (बी२जी) सम्मको भुक्तानी सरल अनि सजिलो भएको छ । साथै, यो व्यवस्थाले फोनपेको इन्टरओपरेबल बिलर प्लेटफर्ममार्फत सापटीहरूबाट प्राप्त रकम संकलन गर्न कर्मचारी सञ्चय कोषलाई सक्षम बनाउनेछ ।

Dabur Nepal
NIC Asia

यस रणनीतिक साझेदारीको फलस्वरुप अब कर्मचारी सञ्चयकोषमा आबद्ध सदस्यहरूले, मोबाइल बैंकिङ एप्स, इन्टरनेट बैंकिङ र ओम्नी च्यानल वेबसाइटहरूमार्फत सजिलै आफ्नो भुक्तानी गर्न सक्नेछन् ।

कर्मचारी सञ्चय कोषसँगको यो साझेदारी, प्रयोगकर्ताहरूको लागि वित्तीय पहुँच र दक्षता बढाउने फोनपेको लक्ष्यसँग प्रतिबद्ध रहेको फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले बताए ।

फोनपे, नेपाल राष्ट्र बैंक (नेपाल राष्ट्र बैंक) द्वारा इजाजतपत्र प्राप्त र नियमन गरिएको नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालक हो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu