site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आन्दोलनरत कर्मचारीका माग सम्बोधन गर्न कृषिमन्त्रीले मागे दुई साता 
SkywellSkywell

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आन्दोलनरत कर्मचारीसँग छलफल गरेका छन् । चार बुँदे माग राख्दै १७ दिनदेखि आन्दोलनरत कर्मचारीसँग मन्त्री अधिकारीले मंगलबार एक घण्टा लामो छलफल गरेका हुन् । 

छलफलमा मन्त्री अधिकारीले कर्मचारीका माग सम्बोधनका निम्ति दुई साताको समय मागेको संघर्ष समिति संयोजक माधव पौडेलले जानकारी दिए । “मन्त्रीज्यूले दुई साताको समय माग्नु भएको छ । तत्काललाई धर्ना कार्यक्रम स्थगित गर्न भन्नुभएको छ, हामी छलफलमा छौँ,” पौडेलले बाह्रखरीसित भने ।
 
नवनियुक्त मन्त्री अधिकारीको अनुरोधपछि कर्मचारी धर्ना स्थगित गर्नेबारे छलफलमा जुटेका हुन् । अहिलेलाई धर्ना स्थगित गरेर अन्य तरिकाले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिनेबारे कृषिसचिव दीपककुमार खरालसँग छलफल भइरहेको संयोजक पौडेलले बताए । 

Dabur Nepal
NIC Asia

कृषि सेवाका कर्मचारी आन्दोलनमा (तस्बिरहरू)

सोमबार पदबहाली अगाडि नै मन्त्री अधिकारीले कर्मचारीसँग प्रारम्भिक छलफल गरेका थिए । पदभारका निम्ति ४ बजेको साइत कुरेका मन्त्री अधिकारी कर्मचारीको अवरोधका कारण केहीबेर मन्त्रालय बाहिरै बसेका थिए ।
 
उनी बाहिर बसेको फोटो सार्वजनिक गर्दै मन्त्रीलाई आन्दोलनरत कर्मचारीले भित्र छिर्नै नदिएको खबर बाहिरिएको थियो । तर, कर्मचारीले भने मन्त्रीले ४ बजेको साइत कुरेर पदभार ग्रहण गरेको बताएका छन् । कर्मचारीसँग स्वागत कार्यक्रममा समेत बसेर मन्त्रिपरिषद् बैठकमा निस्किएको सचिवालयका कर्मचारीले बताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu