site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एमजी४ ईभी अपर मुस्ताङको कोराला पुग्यो
SkywellSkywell

काठमाडौं । एमजी मोटर्सले नेपालमा आफ्नो मजबुती प्रदर्शन गर्न अपर मुस्ताङको यात्रा गरेको छ । कम्पनीको एमजी४ विद्युतीय गाडी (ईभी)ले अपर मुस्ताङका कोराला नाकासम्मको यात्रा पूरा गरेको हो ।

करिब चार हजार ६६० मिटरको उचाइस्थित नाकासम्मको सफल यात्राले गाडीको असाधारण शक्ति र क्षमतालाई झल्काएको कम्पनीको भनाइ छ ।

Dabur Nepal
NIC Asia

त्यहाँसम्म गाडी पु¥याउने एमजी४ ईभीका एक ग्राहक धीरेनमान श्रेष्ठले मुस्ताङको कठिन अफरोडमा समेत सहज यात्रा गर्न सकिएको बताए । गाडीमा रहेको ५–लिंक रियर इन्डिपेन्डेन्ट सस्पेन्सन, रियर ह्वील ड्राइभ र स्टिफ सस्पेन्सन प्रणालीले यात्रा सफल भएको उनको भनाइ छ ।

एमजीले नेपालमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै १०० वर्षभन्दा बढी समयको उत्कृष्टतालाई कायम राखेको दाबी गरेको छ ।

सन् २०२२ मा विश्वभर सार्वजनिक एमजी ४ ईभीले २०२४ मा ओभरअल कार अफ दी इयर, २०२३ मा बेस्ट भेल्यु कार अफ दी इयर र २०२३ मै कार अफ दी इयरलगायत पुरस्कार जितेको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu