कला
काठमाडौं । अभिनेता रमेश उप्रेती विवाहको तयारीमा जुटेका छन् । आउँदो मंसिरमा उनी विवाह बन्धनमा बाँधिने भएका हुन् ।
विवाहको तयारीमा रहेको रमेशले नै पुष्टि गरिसकेका छन् । परिवारले खोजेको युवतीसँग रमेशले विवाह गर्न लागेका हुन् ।
सिनेमा क्षेत्रभन्दा बाहिरकी युवतीसँग रमेश विवाह बन्धनमा बाँधिन लागेका हुन् । युवती अस्ट्रेलिया बस्दै आएको बताइएको छ । रमेशको यो दोस्रो विवाह हो ।
एक दशक अमेरिका बसेर फर्किएका रमेश अहिले भने नेपालमा नै बस्दै आएका छन् । उनी पछिल्लो समय त्यति धेरै चलचित्रमा काम गरिरहेका छैनन् ।
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१ १५:४०
प्रतिक्रिया दिनुहोस्