site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साविक उपविजेता जोकोभिच तेस्रो चरणमा 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । साविक उपविजेता नोभाक जोकोभिच वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनको तेस्रो चरणमा प्रवेश गरेका छन् । बिहीबार सेन्टर कोर्टमा भएको खेलमा बेलायतका जाकोभ फियर्नलीविरुद्ध चौथो सेटमा जित निकाल्दै जोकोभिचले तेस्रो चरणमा स्थान सुनिश्चित गरेका हुन् ।

सर्बियन स्टार जोकोभिचले पहिलो र दोस्रो सेट क्रमशः ६–३, ६–४ ले जितेका थिए । तर, तेस्रो सेटमा फियर्नलीले ७–५ को जित निकालेपछि खेल चौथो सेटसम्म लम्बिएको हो । तीन घण्टासम्म चलेको खेलको चौथो सेट ७–५ ले जितेसँगै विश्व वरीयताको दोस्रो स्थानमा आसिन जोकोभिच तेस्रो चरणमा प्रवेश गरेका हुन् ।

Agni Group
NIC Asia

जोकोभिचले अब प्रतियोगिताको चौथो चरणमा प्रवेशका लागि अस्ट्रेलियाका एलेक्सिया पोपीरिनसँग खेल्नेछन् । एलेक्सियाले दोस्रो चरणमा अर्जेन्टिनाका थोमस मार्टिन एचेभेरीविरुद्ध पाँच सेटमा जित निकाल्दै तेस्रो चरणमा स्थान बनाएका हुन् । एचेभेरीवरुद्ध पोपीरिनले ३–६, ६–४, ४–६, ६–४ र ६–३ को सेटमा जित निकालेका हुन् ।

बिहीबार नै विश्व वरीयताको ११औँ स्थानमा स्टेफानोस सित्सिपासले पनि तेस्रो चरणमा स्थान बनाएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu