site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कविता महोत्सव एवं ‘खुला कविता प्रतियोगिता २०८१’ हुँदै 

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानसहित विभिन्न संस्थाको सहयोगमा कविता महोत्सव एवं ‘खुला कविता प्रतियोगिता २०८१’ आयोजना हुने भएको छ । 

स्व. केदारमान व्यथित, राजनीतिज्ञ एवं समाजसेवी स्व. पुष्पमान श्रेष्ठ र पुष्प–चन्द्र ट्रष्टका संस्थापक एवं समाजसेवी स्व. चन्द्रलक्ष्मी श्रेष्ठको स्मृतिमा पुष्प–चन्द्र ट्रष्ट स्याङ्जाले प्रतियोगिता आयोजना गर्न लागेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘भाषा, कला, संस्कृति साहित्यको उन्नयनमा हाम्रो अनुष्ठान’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागेको ट्रष्टका अध्यक्ष महेन्द्रमान व्यथितले जानकारी दिए ।

कविता महोत्सवको संयोजक अनन्त कुमार श्रेष्ठका अनुसार कविता महोत्सवमा प्रथम पुरस्कार १५ हजार ५५५, दोस्रो पुरस्कार ११ हजार १११ र तेस्रो हुनेले ७ हजार ७७७ रुपैयाँ पाउनेछन् । 

प्रतियोगितामा सहभागी हुन कविता २०८१ साउन १५ गते बेलुकी ५ बजेभित्र पठाउनुपर्नेछ । 

कविताको अन्तिम छनोट सूची २०८१ साउन २० मा सार्वजनिक गरिनेछ । 
 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्