site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
प्रयोग नै नभइरहेका बेला सरकार किन थप्दै छ कोरोनाविरुद्धको खोप ?
फाइद तस्बिर ।
SkywellSkywell

काठमाडौं । सरकारले असार दोस्रो सातायता कोरोनाविरुद्धको १६ लाख बढी डोज खोप ल्यायो । असार २३ गतेसम्म १६ लाख ६८ हजार ४३८ डोज खोप भित्रिएको स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्थापन शाखाको तथ्यांक छ ।

कोरोना संक्रमण नदेखिएको र केही महिनाअघि मात्रै ४० हजार डोज खोप खेर फालेको अवस्थामा थप खोपबारे सरकारको योजना के हो त ?

खोप खरिद कि अनुदान ?

KFC Island Ad
NIC Asia

असार दोस्रो सातायता विभागले १६ लाख ६८ हजार ४३८ डोज फाइजर खोप ल्याएको छ । विभागका आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाका अनुसार अहिले ग्लोबल अलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी)मार्फत फाइजर खोप ल्याइएको हो ।

सोह्र लाख ६८ हजारमध्ये १६ लाख एक हजार २३८ हजार डोज फाइजर एडल्ट (१८ वर्षमाथि उमेर समूहले लगाउन मिल्ने) खोप छ । ६७ हजार २०० डोज भने फाइजर पेडियाट्रिक (१२ वर्षमाथि १८ वर्षसम्मका बालबालिकाले लगाउने खोप) आएको हो ।  

उनका अनुसार यो खोप माइनस ६५ देखि माइनस ८५ डिग्री सेल्सियस (अल्ट्रा कोल्ड) तापक्रममा भण्डारण गरिएको छ । खोप कहाँ कसरी र कहिले वितरण गर्नेबारे अहिले केही निर्णय नभएको चौरासियाले बताए ।

१८ लाख डोज खोप स्टक, अझै ११ लाख डोज पाइपलाइनमा

टेकुस्थित कोल्डचेनमा अहिले झन्डै १८ लाख डोज कोरोनाविरुद्धको खोप भण्डारणमा छ । जसमा सबै फाइजर खोप हो । 

पछिल्लो  १६ लाख आउनुअघि  करिब ८० हजार डोज फाइजर बाइभ्यालेन्ट खोप भण्डारणमा रहेको कोल्डचेनका एक अधिकारीले जानकारी दिए । सो खोप १८ वर्षमाथिका उमेर समूहले लगाउन मिल्छ ।

अहिले कुनै प्रदेश तथा अस्पतालमा कोरोनाविरुद्धको खोप माग नभएको ती अधिकारीले बताए । खोप भण्डारणमा फ्रिजको अभाव नभए पनि बर्षा र विपद्का घटनासँगै कोल्डचेनमा विद्युत् आपूर्तिमा समस्या देखिएको उनले बताए । 

यसअघि चीन सरकारले उपहारस्वरूप दिएको ४० लाख डोज खोपको २०२३ डिसेम्बरमा म्याद गुज्रिएपछि केही महिनाअघि मात्रै डिस्पोज गरिएको थियो । 

नेपालीले दुई डोज खोप लगाइसकेको र साइनोभ्याकलाई बुस्टरको रूपमा लगाउन डब्लूएचओले अनुमति नदिएका कारण सो खोप खेर गएको थियो ।

प्रयोग नभइरहेका बेला किन थपियो खोप ?

विभागका अनुसार अहिले ल्याइएको फाइजर खोपबारे सन् २०२४ को सुरुआतमा नै गाभीसँग सम्झौता भएको थियो । वार्षिक योजना अनुसार सन् २०२४ मा २५ लाख डोज खोप ल्याउने सम्झौता भएको खोप शाखा प्रमुख डा. अभियान गौतम बताउँछन् । 

"हामीले यो वर्ष २५ लाख डोज खोप ल्याउने सम्झौता गरेका थियौँ । आजसम्म १६ लाख डोज आयो अझै ११ लाख डोज आउन बाँकी छ," डा. गौतमले भने ।

उनका अनुसार अहिले ल्याइएको खोपको प्रयोग गर्ने म्याद अक्टोबर २०२५ सम्म छ ।

थपिएको खोपबारे के छ योजना ?

नेपालमा गएको जेठमा कोरोनाको नयाँ सब भेरियन्ट केपी १ देखि केपी ४ सम्म देखिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले १५ मे सम्म परीक्षण गरिएका ४२ वटा कोरोना संक्रमित नमुनामा १२ वटामा सो सब भेरियन्ट देखिएको पुष्टि गरेको थियो ।

ओमिक्रोनको नयाँ सब भेरियन्ट केपी देखिएसँगै कोरोना फैलिन सक्ने जोखिमबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी गरेको थियो । अहिले स्टकमा रहेको खोप आर्थिक वर्ष २०८१/०८२ सुरु भएसँगै प्राथमिकता निर्धारण गरेछ वितरण गर्ने खोप शाखाको योजना छ । 

यसअघि कोरोनाविरुद्धको खोप लगाउन छुटेका वा बुस्टर नलगाएका नागरिकलाई दिइने डा. गौतमले बताए । त्यसका निम्ति नयाँ आर्थिक वर्षको सुरुआतमा नै कसलाई कहाँ कसरी दिने भन्नेबारे निर्णय गरिने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro