site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राकुराले ल्यायो नयाँ टी–ब्याग
SkywellSkywell

काठमाडौं । राकुराले आफ्नो पाँच दशकभन्दा बढीको अनुभवमा आधारित नेक्स्ट जेनरेसन चिया उत्पादन सार्वजनिक गरेको छ । यो उत्पादनले नेपालको चिया उद्योगमा नयाँ मापदण्ड स्थापित गर्नुका साथै विश्वमा नेपाली चियालाई नयाँ उचाइ दिने गरी फड्को मारेको कम्पनीको भनाइ छ ।

राकुराले सार्वजनिक गरेको ‘म्याजिक नट’ टी–ब्याग विश्वकै पहिलोमध्ये एक अत्याधुनिक ‘ट्यान्डेम एयर–नटेड’ प्रविधि प्रयोग गरेर बनाइएको कम्पनीले जनाएको छ ।

यो नयाँ गैरताप सिल (नन हिट सिल) गरिएको, दुई खण्ड भएको चियाको थैलीको डिजाइन विश्वकै पहिलोमध्ये एक र नेपालको एक मात्र पूर्ण प्लास्टिक र ग्लुमुक्त टी–ब्याग हुनेछ । उक्त प्रविधि र नयाँ अत्याधुनिक, अनब्लिच्ड फिल्टर कागजले नयाँ उत्पादनलाई उत्कृष्ट स्वच्छ स्वादको चिया अनुभव प्रदान गर्छ ।

KFC Island Ad
NIC Asia

म्याजिक नट चियाको थैलीमा विश्वकै पहिलो प्रमाणित जैविक, अनब्लिच्ड धागोजस्ता नवीनता पनि समावेश छन् ।

राकुराले पछिल्लो जुस रड्स प्रविधिको विकासका साथ आफ्ना सबै चियालाई विश्वकै पहिलोमध्ये एक पूर्ण प्राकृतिक तथा प्रमाणित जैविक, चिया इन्फ्युजन मात्र हुने पनि घोषणा गरेको छ ।

कम्पनीले २१ नयाँ प्रकारका चिया पनि उत्पादन गरेको छ । नेपालको चिया उद्योगका लागि सधैँ नयाँ आयाम खोल्ने इतिहास कम्पनीले राखेको राकुराका प्रबन्ध निर्देशक नीराज राठीले बताए ।

मूल्य र उपलब्धता
राकुरा नेक्स्ट जेनेरेसन चियाको थैलीहरू क्लासिक, प्रिमियम, प्राकृतिक चिया र जडीबुटी इन्फ्युजन्स साथै सेलेक्सन श्रेणीमा उपलब्ध हुनेछ, जसको मूल्य भेरियन्टको आधारमा प्रतिप्याकेट १७९ देखि २७९ रुपैयाँसम्म हुनेछ । यी चिया आउँदो हप्तादेखि काठमाडौंका सबै प्रमुख पसलहरू, मार्टहरू र सुपरमार्केटहरूमा खरिदका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

एक महिनाभित्र देशभर उपलब्ध हुनेछ । अनलाइन उपलब्धता आउँदो महिनाहरूमा सुरु हुने कम्नीले जनाएको छ ।

सन् १९७३ मा स्थापित राकुरा समूह नेपालमा चियाको सबैभन्दा पुरानो निर्यातकर्ताका रूपमा चिनिन्छ । अग्रणी उत्पादक राकुराले राम्रो चिया र प्रस्तुतिका निम्ति पनि ख्याति कमाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro