site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विपुल र रविको जोडी च्याम्पियन 

काठमाडौं । रिभाइभ टेबलटेनिस क्लबका विपुल महर्जन र रवि धाक्वाको जोडी पाँचौँ इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । 

महालक्ष्मीस्थानस्थित रिभाइभ लिजर पार्कमा भएको फाइनलमा विपुल र रविको जोडीले आफ्नै क्लबका कैलाश श्रेष्ठ र प्रवेश बस्नेतको जोडीलाई ९–११, ११–६, ११–६ र १४–१२ को सेटमा पराजित गरे । विजेताले ४० हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गरे । 

Dabur Nepal
NIC Asia

इन्टरटेन्मेन्ट टेबलटेनिस ग्रुपको आयोजनामा भएको प्रतियोगितामा गोड स्पिन टेबलटेनिस एकेडेमीका सुरज वज्राचार्य र सञ्जय शाक्य तथा स्ट्याग च्याम्पियन्स एकेडेमीका सुमन शाक्य र सुस्मिता खड्काको जोडी तेस्रो भए । तेस्रो हुने जोडीले समान १०–१० हजार नगद पुरस्कार पाए । 

सहभागिताका लागि सबैलाई खुला गरिएको प्रतियोगितामा एक मात्र डबल्स स्पर्धामा प्रतिस्पर्धा भएको थियो । डबल्समा पुरुष/महिला, पुरुष/पुरुष र महिला/महिला खेलाडीको जोडी मिलेर खेल्न पाउने प्रावधान थियो । 

जम्मा १२८ खेलाडी सहभागी थिए । उत्कृष्ट खेलाडीको उपाधि भने पुरुष/महिलामा छुट्टाछुट्टै प्रदान गरिएको थियो । पुरुषमा रिभाइभका एलेक्स महर्जन तथा महिलामा राष्ट्रिय च्याम्पियन स्ट्याग च्याम्पियन्स एकेडेमीकी नविता श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १० हजार नगद पुरस्कार जिते । 

विजेतालाई वाग्मती प्रदेशका सांसद् मीनकृष्ण महर्जन, साग स्वर्णधारी टेबलटेनिसका सिजरिन शाह र गीता शाह, ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवाले, आयोजक ग्रुपका अध्यक्ष सुमन खड्गी, जिओम टेबलटेनिस नेपालका निर्देशक ज्याकी महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । समापनका अवसरमा जिओमले सहभागी १२८ खेलाडी मध्ये सातजनालाई ‘लक्की ड्र’ मार्फत ५० हजार रुपैयाँ बराबरको रबर र बल प्रदान गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro