site stats
बाह्रखरी :: Baahrakhari
खेल
एपीएफ र सुदूरपश्चिमलाई बास्केटबल उपाधि

काठमाडौं । नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत ह्वीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एपीएफ पुरुष र सुदूरपश्चिम महिलातर्फ च्याम्पियन बने ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको व्यवस्थापनमा अत्तरखेलस्थित बौद्ध इन्टरनेसनल स्कुलको इन्डोर हलमा भएको पुरुष फाइनलमा एपीएफले वाग्मती प्रदेशलाई ३९–२० ले पराजित गर्‍यो । गण्डकी प्रदेश सुदूरपश्चिमलाई २६–१६ ले हराउँदै तेस्रो भयो ।

महिलातर्फको उपाधि भिडन्तमा सुदूरपश्चिमले कोसी प्रदेशलाई १५–१० ले पाखा लगायो । लुम्बिनी प्रदेश कर्णाली प्रदेशलाई १२–८ ले पन्छाउँदै तेस्रो बन्यो ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्