देश
![धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु](https://12khari.top/uploads/posts/drowning-Dubnu-Bagera-River-dubera-1698219850.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । धनुषाको एक पोखरीमा डुबेर तीन बालिकाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीका अनुसार धनौजी गाउँपालिका–५, पोखरुवाको एक पोखरीमा डुबेर १२ वर्ष मुनिका तीन बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवालेले जानकारी दिए । नुहाउन जाने क्रममा डुबेर उनीहरूको मृत्यु भएको खुलेको छ ।
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१ १७:१७
प्रतिक्रिया दिनुहोस्