site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
आफूलाई यौन दुर्व्यवहार गर्ने असान्ज छुट्दा अन्ना खुसी, भन्छिन्– एउटा जटिल मान्छे
SkywellSkywell

स्टकहोम । विकिलिक्सका संस्थापक जुलियन असान्जलाई यौन दुर्व्यवहारको आरोप लगाउने अन्ना अर्डिनले असान्ज हालै जेलबाट छुटेकोमा खुसी व्यक्त गरेकी छन् ।  उनले १४ वर्षअघि असान्जले दुर्व्यवहार गरेको आरोप लगाएपछि स्वीडेनले सुरुमा उनको सुपुर्दगी मागेकोमा असान्ज लण्डनको दूतावासमा शरण लिएर बसेका थिए । 

उनी त्यसपछि अमेरिकी सूचना लिक गरेको अभियोगमा थुनामा परेपछि  स्वीडेन असान्ज विरुद्धको अनुसन्धान र उनको सुपुर्दगीको प्रसंगबाट सन २०१९मा पछि हटेको थियो ।

KFC Island Ad
NIC Asia

असान्जले भने अन्नाको आरोपको खण्डन गर्दै आएका थिए ।

“म उनी र उनको परिवारको लागि खुसी छु । उनीहरु अब सँगै रहन सक्छन् । उनलाई दिइएको सजाय निकै असमान थियो,” अन्नाले भनेकी छन् ।

उनले असान्जलाई एक अभियन्ताका रुपमा र महिलालाई राम्रो व्यवहार नगर्ने व्यक्ति दुवै हिसाबले व्याख्या गरेकी छन् । 

उनलाई हिरोका रुपमा वा राक्षसको रुपमा दुवै हिसाबले व्याख्या गर्न आफूलाई दुःख  हुने जनाउँदै असान्ज एक जना जटिल मानिस भएको बताएकी छन् ।

सन २०१०मा विकिलिक्सले अफगान वार लग्स सार्वजनिक गरेको तीन सातापछि आफूले उनलाई स्वीडेनको सोसल डेमोक्रेटिकको धार्मिक भगिनी संस्थाको आयोजनामा भएको एउटा सेमिनारमा स्टकहोम बोलाएको र सोही क्रममा यौन दुव्र्यवहार भएको जनाएकी छन् । 

असान्जले सो समयमा सुरक्षाका कारण होटलमा बस्न नमानेकोले उनलाई आफ्नो पm्ल्याटमा राखेको जनाएकी छन् । असान्जसँग आफ्नो यौन सम्पर्क त्यही बेलामा भएको जनाउँदै यौन सम्पर्कको क्रममा कण्डम फुटेको र त्यतिबेला पनि उसले निरन्तर यौन सम्पर्क गरेको त्यो स्वीडेनको कानुनमा अपराध भएको  जनाएकी छन् । बीबीसीबाट 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro