site stats
बाह्रखरी :: Baahrakhari
देश
नारायणी नदीको बाढीले झोलुंगे पुल बगायो

चितवन । नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ स्थित झोलुंगे पुल बगाएको छ । न्युरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुंगे पुल बाढीले बगाएको हो । 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गए राति ११ः३० बजे बाढीले दुवैतर्फको पिल्लर भत्काई पुल बगाएको हो । नारायणीमा पानीको बहाव नघटेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सावधानी अपनाउन उनले अनुरोध गरेका छन् 

Argakhachi Cement Island Ad

शनिबार परेको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दा १७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । शनिबार राति आएको नारायणीको बाढीका कारण घरमा पानी पसेकाले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार भरतपुर महानगरपालिका–२ का २६ जना, बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने चारजना, भरतपुर–१७ गोब्रेनीका ५४, वडा नं १ देवघाटको नदी किनारमा बस्दै आएका २८ तथा वडा नं १६ गुम्बाचोकका ५९ जनालाई सुक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनीहरूलाई सुरक्षाकर्मीले डुंगाको सहायताले स्थानान्तरण गरेको हो । रासस

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १०:१४
प्रतिक्रिया दिनुहोस्