site stats
बाह्रखरी :: Baahrakhari
देश
भारी देखि अति भारीसम्म वर्षा हुने, यस्तो छ २४ घण्टाको पूर्वानुमान 

काठमाडौं । आज आइतबार बिहान पनि देशका विभिन्न स्थानका साथै राजधानी काठमाडौंमा पनि वर्षा जारी रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।  मनसुनको न्यून चापीय रेखा  पूर्व देखि पश्चिम सम्म नै सरदर स्थानको उत्तरमा रहेको बुलेटिनमा उल्लेख छ । 

सबैभन्दा धेरै पाल्पामा, यी जिल्लामा ‘अति भारी’, काठमाडौंमा ‘धेरै भारी’ वर्षा

आज देशभर सामान्यतया पूर्ण  बदली रहेको र कोसी, वाग्मती, गण्डकी,  लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई  स्थानमा  हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आज दिउँसो पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रहने जनाइएको छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र  कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरैभारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।  

एमाले कार्यालयमा पानी, खोला उर्लिंदा काठमाडौंमा डुबान (भिडियोसहित)

साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका  एक–दुई  स्थानमा  अति भारी वर्षाको पनि सम्भावना रहेको जनाइएको छ ।

यसरी उर्लियो नारायणी (भिडियो)

आज राति  देशभर सामान्यतया पूर्ण रुपमा  बदली रहने र मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।  

जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न गृहमन्त्रीको निर्देशन

सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा  गण्डकी र  लुम्बिनी  प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ ।  मंगलबारसम्म नै बदलीको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

२४ घण्टामा के हुँदैछ ?

पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको  र  थोरै स्थानहरूमा  भारीदेखि धेरैभारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

गण्डकीमा बाढीपहिरो : पाँचको मृत्यु, तीन बेपत्ता, पाँचजना घाइते

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम  प्रदेशको एक–दुई  स्थानमा अति भारी वर्षाको सम्भावना  रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आग्रह गरिएको छ । 

काठमाडौंसहित देशभर आइतबार वर्षा सम्भावना, सोमबार कम हुने

ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्