site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निकुञ्ज, आरक्षण र मध्यवर्ती क्षेत्रको जिम्मा स्थानीय सरकारलाई दिनुपर्छ : मन्त्री साह
Siddhartha BankSiddhartha Bank

काठमाडौं । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सरकारी कार्यालयहरूमा स्वदेशी काठ उपयोग हुनेगरी कानुन निर्माण गर्नुपर्ने बताएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरूले मन्त्रालयगत बजेटमाथि राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । मन्त्री साहले मुलुकमा रोजगारीको समस्या समाधान गर्न पनि सो कदमले महत्त्वपूर्ण योगदान पुर्‍याउने दाबी गरे ।

Agni Group
NIC Asia

निकुञ्ज, आरक्षण र मध्यवर्ती क्षेत्रको जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने प्रस्ताव पनि गरे ।  स्थानीय जनताको पीडा सम्बोधन गर्न पनि सरकारले सो क्षेत्रको जिम्मा स्थानीय सरकारलाई दिन उचित हुने मन्त्री साहको तर्क थियो ।

“मध्यवती क्षेत्रलाई स्थानीय सरकारको जिम्मा लगाउनु पर्छ । त्यसको अधिकार स्थानीय सरकारलाई दिँदाखेरी त्यहाँको जनताको पीडा र दुःख हरण गर्न पनि सो काम गर्नुपर्छ । त्यसका लागि आवश्यक कानुन जतिसक्दो छिटो बनाउनु पर्छ । सरकारी कार्यालयहरूमा स्वेदशी काठको उपयोग हुने गरी कानुन निर्माण गर्नुपर्छ,” उनले भने । 

Global Ime bank

मन्त्री साहले वन ऐन संशोधनको विषयमा पनि आफूले पहल गरिरहेको उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १४:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu