site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओली भष्मासुर भएर निस्किए : झलनाथ खनाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भष्मासुरको संज्ञा दिएका छन् । ओलीले संसद् विघटन गरेकाले मुलुकमा राजनीतिक अस्थिरता बढेको र नेपालको राजनीतिलाई दक्षिणपन्थी दिशातर्फ लगिएको आरोप पनि उनले लगाए ।

पार्टीनिकट प्रवासी नेपाली मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले ओलीले संसद् विघटन गर्दा नेपालको कम्युनिस्ट आन्दोलन पनि विभाजनको मारमा परेको बताए । उनले ओलीको गलत कदमको विरोधमा आफूहरूले एमालेबाट विद्रोह गर्नुपरेको जिकिर गरे ।

सम्मानित नेता खनालले दक्षिणपन्थी अवसरवादीविरुद्धको संघर्षलाई आफूहरूले अघि बढाएको बताए ।

प्रवासी नेपाली मञ्चको कार्यक्रममा झलनाथ खनालको भनाइ पढ्नोस्–
हामीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गराउँदै नेकपामा पुर्‍याइसकेका थियौँ । जुन नेकपामा पुर्‍याउँदैखेरि १० लाख पार्टी सदस्यहरू हामी थियौँ । संघीय संसद्मा हामी करिब दुईतिहाइ बहुमतमा थियौँ । र, यो देशका अहिलेका सातवटा प्रदेशमध्ये हामी ६ वटामा पूर्ण बहुमतमा थियौँ । र, तल अहिले रहेका ७५३ वटा पालिकाहरूमध्ये हामी ४०० भन्दा बढीमा बहुमत प्राप्त गरिसकेका थियौँ । देश वाममय बन्दै गइरहेको थियो । तर, जब त्यस्तो शक्तिको नेतृत्व गर्ने ठाउँमा जुन नेतालाई हामीले पुर्‍यायौँ, उनी निस्किए – भष्मासुर । यो भष्मासुरको कारणले गर्दाखेरि उनले यो कम्युनिस्ट आन्दोलनलाई क्रमिक रूपले दक्षिणपन्थतर्फ, अधोगतितिर बढाउँदै लैजाने काम भयो । र, आफ्नै बहुमत मात्रै होइन, दुईतिहाइ बहुमत भएको संसद्लाई विघटन गर्ने काम भयो । जसले गर्दाखेरि नेपालको राजनीतिलाई दक्षिणपन्थीभासतर्फ लग्ने, अस्थिरतातर्फ लैजाने, कम्युनिस्ट आन्दोलनलाई दिशाहीन बनाउने यो कामहरू भयो । जसको परिणाम कम्युनिस्ट आन्दोलन फेरि विभाजन र विखण्डनतर्फ लागेको छ । यो विखण्डन र विभाजनकै परिणामस्वरूप हामीले पनि त्यो गलत कुराविरुद्ध विद्रोह गर्नुपर्‍यो । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असार २२, २०८१  २३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro