site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेसँग विद्रोहको औचित्य पुष्टि भएन भन्नेको प्रतिवादमा उत्रन माधव नेपालको निर्देशन
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेसँग प्रतिवाद गर्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पार्टीनिकट प्रवासी नेपाली एकता मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएकाले त्यस्ता कुरा नेता–कार्यकर्ताले सुन्न आवश्यक नरहेको बताए । एमालेसँग विद्रोह नगरेको भए दासका रूपमा बस्नुपर्ने अवस्था आउने उनको भनाइ थियो ।

विद्रोहबाट कम्युनिस्ट आन्दोलन र आफूहरूको भविष्य सुनिश्चित गराएको उनले जिकिर गरे । एमालेभित्र अहिले पनि केही नेताको बिजोग अवस्था रहेको उनले टिप्पणी गरे । उनले विद्रोह गरेर आफूहरूले देश र जनताका पक्षमा उभिने कम्युनिस्ट पार्टी बनाएको सुनाए ।

प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा माधव नेपालको भनाइ पढ्नोस्–
अहिले एउटा कुरा म सुन्ने गर्दछु, यो तीनवटा शब्द – तपाईंहरू कसैले नसुन्नुस् । कान बन्द गरिदिए हुन्छ । पहिलो कुरा, विद्रोहको औचित्य पुष्टि भएन । यो वाहियात कुरा सन्दै नसुन्नुस् । तुरुन्त खण्डन गर्नुस् । प्रत्येक घटनाक्रमले हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । अहिले पनि भइराखेको छ । दिनदिनै भइराखेको छ । विद्रोह गर्नु जायज थियो । विद्रोह नगरेको भए नेपालको कम्युनिस्ट आन्दोलनको रक्षाको निम्ति दृढतापूर्वक उभिने योद्धाहरू हराएर जाने थिए । दास भएर बस्नुपर्दथ्यो । समर्पण गरेर बस्नुपर्दथ्यो । हामी सबैको भविष्य खत्तम भइसकेको हुने थियो । हामीले देखेका छौँ, कतिपय नेताहरूको के भएको छ बिजोग । त्यही बिजोग हाम्रो पनि हुने थियो । त्यस्ता चुनौतीको सामना गरेर अघि बढ्ने आँट गर्‍यौँ । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २२, २०८१  २३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro