site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकीकृत समाजवादीको महाधिवेशन : निर्वाचन प्रक्रिया सुरु हुँदै 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को १०औँ राष्ट्रिय महाधिवेशनमा आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदै छ । महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी निर्वाचन मण्डललाई दिएको छ ।

मनोनयन दर्ता गर्ने, दाबी विरोध तथा उमेदवारी फिर्ता लिने समय, मतदानको कार्यसूची आजलाई तोकिएको छ । पार्टी केन्द्रीय कमिटी, अनुशासन र लेखापरीक्षण कमिटीले संयुक्तरूपमा निर्वाचन निर्देशिका निर्माण गरेको छ ।

Agni Group
NIC Asia

प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्य केन्द्रीय कमिटीमा प्रतिनिधित्व रहने सुनिश्चितता कायम गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

असार १६ देखि २० गतेसम्म चल्ने महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । निर्वाचन विद्युतीय उपकरणबाट गरिनेछ ।

Global Ime bank

एक हजार ८४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि आवश्यक प्रशिक्षण प्रदान गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu