site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सबैभन्दा धेरै पाल्पामा, यी जिल्लामा ‘अति भारी’, काठमाडौंमा ‘धेरै भारी’ वर्षा
ललितपुरको धोबीघाट पुलबाट वाग्मती नदीको बाढी हेर्दै स्थानीय बासिन्दा । तस्बिर : हरि परियार/रासस ।

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका केही स्थानमा ‘अति भारी’ वर्षा मापन गरिएको छ । यो अवधि (शुक्रबार बेलुका ७ देखि शनिबार बेलुका ७ बजेसम्म)मा पाल्पामा सबैभन्दा धेरै पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो अवधिमा पाल्पामा ३९१ मिलिमिटर वर्षा मापन गरिएको छ । यो अति भारी वर्षा भएको विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटवालले बाह्रखरीलाई जानकारी दिए । कुनै स्थानमा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी पानी पर्नुलाई अति भारी वर्षा भनिने उनले बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पछिल्लो २४ घण्टामा पाल्पा र दाङका केही स्थान, स्याङ्जा, पर्वत, कास्की, नवलपुर, अर्घाखाँची र प्युठानमा अति भारी वर्षा मापन गरिएको विभागले जनाएको छ ।

यो अवधिमा काठमाडौं, ललितपुरलगायत कतिपय स्थानमा ‘धेरै भारी’ वर्षा भएको छ । कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिने मौसमविद् भेटवालले जानकारी दिए ।

adsfmgm-1720280700.JPG
यो अवधिमा काठमाडौंको धापमा १५३.६, कीर्तिपुरमा १५०.६, काठमाडौंकै नैकापमा १४५.२, ललितपुरको लेलेमा १६८.८, गोदावरीमा १४८.८ मिलिमिटर वर्षा मापन गरिएको छ ।

शुक्रबार रातिदेखि शनिबार दिनभर देशका अधिकांश स्थानमा वर्षा भएको छ । मौसमविद्का अनुसार, कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटर पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ ।

यस्तै, २४ घण्टामा १० देखि ५० मिलिमिटरलाई ‘हल्कादेखि मध्यम’ र १ देखि १० मिलिमिटरसम्म पानी पर्नुलाई ‘हल्का’ वर्षा भनिने महाशाखाले जानकारी गराएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २२, २०८१  २०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro