site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीमा पुराना व्यक्तिलाई पुरानै जिम्मेवारी !
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा २९९ केन्द्रीय सदस्य चयन भइसकेपछि मात्र पदाधिकारीको टुंगो लगाइने भएको छ । शनिबार पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय कमिटीको बैठकबाट उक्त निर्णय गरिएको प्रचार विभाग प्रभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

बैठकमा महाधिवेशनको सामान्य समीक्षा र भव्यतापूर्ण सम्पन्न भएको निष्कर्ष निकालिएको उनले जानकारी दिए । उनले महाधिवेशनबाट पार्टीका नेता–कार्यकर्तामा उत्साह पैदा भएको जिकिर गरे । पार्टीलाई अघि बढाउन धेरै ठूलो ऊर्जा प्राप्त भएको निष्कर्ष निकालिएको उनले बताए ।

नयाँ पदाधिकारी चयन भई नसकेको अवस्थामा दैनिक काम व्यवस्थापन गर्न  पुराना व्यक्तिलाई पुरानै जिम्मेवारी दिने निर्णय गरिएको उनले जानकारी गराए ।

बैठकपछि पार्टीका नेता जीवनराम श्रेष्ठले अहिले बन्न लागेको सत्ता गठबन्धन दक्षिणपन्थी अवसरवादी चरित्रको रहेको टिप्पणी गरे । उनले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै समर्थन र विश्वासको मत दिने बताए । पछिल्ला राजनीतिक घटनाक्रमलाई पार्टीले नजिकबाट नियालिरहेको उनले उल्लेख गरे ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आइतबार (भोलि) पुनः बस्नेछ । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro