site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंसहित देशभर आइतबार वर्षा सम्भावना, सोमबार कम हुने
ड्रोनबाट खिचिएको मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५, शान्तिनगरको डुबानको दृश्य। अविरल वर्षाले सिँचाइटोल, शान्तिनगर, पिप्ले, कर्रा क्षेत्रमा डुबान भएको छ । तस्बिर : मणिराज गौतम/रासस ।
SkywellSkywell

काठमाडौं । पानी पार्ने मौसमी प्रणाली मनसुन सक्रिय हुँदा शनिबार देशभर वर्षा भएको छ । शुक्रबार रातिदेखि नै निरन्तरजसो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कतिपय स्थानमा ‘अति भारी’ वर्षा समेत मापन गरिएको छ । यो अवधिमा काठमाडौंमा ‘धेरै भारी’ वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आइतबार (भोलि) शनिबार (आज)कै जस्तो मौसम हुने अनुमान छ । आइतबार पनि देशभर वर्षा हुने महाशाखाका मौसमविद् चिरञ्जीवी भेटवालले जानकारी दिए ।

KFC Island Ad
NIC Asia

“आजकै जस्तो हुने सम्भावना छ,” उनले बाह्रखरीसित भने, “विशेष गरी लुम्बिनी, सुदूरपश्चिम, गण्डकी प्रदेशमा अति भारी वर्षाको पनि सम्भावना छ ।”

आइतबार पूर्व र मधेस प्रदेशको तुलनामा पश्चिम क्षेत्रमा भारी वर्षाको सम्भावना बढी रहेको उनले बताए । “यो सिजनमा पानी नपर्ने भन्ने त हुँदैन, पानी सबैतिर पर्छ । भारी वर्षाचाहिँ पूर्व र मधेस प्रदेशभन्दा पश्चिम क्षेत्रमा बढी हुने देखिन्छ,” उनले भने ।

duban-ghorahi1-1720278783.jpg

अविरल वर्षाका कारण शनिबार जलमग्न बनेको दाङको घोराही उपमहानगरपालिका क्षेत्रका खोला तथा खेत । तस्बिर : कुलदीप न्यौपाने/रासस ।


काठमाडौंमा पनि दिनभर वर्षा
आइतबार काठमाडौंमा पनि दिनभर वर्षाको सम्भावना छ । अरू स्थानजस्तै काठमाडौंमा पनि शनिबार राति र आइतबार दिनभर वर्षा हुने मौसमविद् भेटवालले बताए ।

शनिबारको तुलनामा आइतबार काठमाडौंमा केही कम पानी पर्ने अनुमान छ । “तर, दिनभर वर्षाको सम्भावना छ । पर्ने रोकिने, पर्ने रोकिने क्रम दिनभरि नै हुन्छ,” उनले भने, “घाम लाग्ने अवस्था खासै छैन ।”

सोमबार कम
आउँदो सोमबार देशभर शनिबार (आज) र आइतबार (भोलि)को तुलनामा कम वर्षाको सम्भावना छ । वर्षा हुने तर यी दुई दिनको तुलनामा सोमबार कम पानी पर्नेे सम्भावना रहेको मौसमविद् भेटवालले जानकारी दिए ।

“वर्षा नहुने भन्ने होइन, कम हुन्छ, थोरै सफा हुन्छ,” पर्सिबाट एक/दुई दिन अलि सुधार हुने देखिन्छ,” उनले भने ।

महाशाखाले शनिबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आइतबार (भोलि) देशभर साधारणतयादेखि पूर्णतया बदली रहने उल्लेख छ । सोमबार (पर्सि) देशभर साधारणतया बदली रहने अनुमान छ ।

“हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ,” बुलेटिनमा उल्लेख छ ।

मौसम पूर्वानुमान बुलेटिन पढ्नोस्–

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) 

जारी मिति: २०८१ असार २२ गते साँझ ०६:०० बजे  

मौसम विश्लेषण (Meteorological Analysis):

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  पूर्व देखि पश्चिम सम्म नै  सरदर स्थानको उत्तरमा अवस्थित छ ।

हाल मौसमको अवस्था (Present Weather Status):

देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी,  लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई  स्थानमा  हल्का देखि मध्यम वर्षा भइरहेको छ।

२०८१ असार २२ गते (शनिबार)

रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरु, कोशी,  बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदुरपश्चिम  प्रदेशको एक-दुई  स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ । 

२०८१ असार २३ गते (आइतबार)

दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी  देखि  धेरै भारी वर्षाको सम्भावना रहेको छ।   साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रदेशको एक-दुई  स्थानमा  अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

रातीːː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा  गण्डकी र  लुम्बिनी  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८१ असार २४ गते (सोमबार)

दिउँसोː देशभर साधारणतया बदली रहने छ ।  सबै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। । कोशी, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।   

रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।   

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको  र  थोरै स्थानहरूमा  भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम  प्रदेशको एक-दुई  स्थानमा अति भारी वर्षाको पनि सम्भावना  रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २२, २०८१  २०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro