site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राष्ट्रिय उसु प्रतियोगिता : मिलन, पूर्ण, धन र चन्द्र सेमिफाइनलमा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । एपीएफका मिलन राई, कोसी प्रदेशका पूर्ण राई, नेपाल प्रहरीका धनबहादुर तामाङ र वाग्मती प्रदेशका चन्द्र सुनुवार १६औँ राष्ट्रिय उसु प्रतियोगिताको ४८ केजीमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल उसु महासंघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष ५२ केजीमा कोसीका जनम तामाङ, वाग्मतीका निरज लामा, नेपाल आर्मीका जनक धामी र एपीएफका अशोक खालिङले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

Agni Group
NIC Asia

प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा चीनिया दूतावास, भिसा शाखाका निर्देशक छिन वन, चिनियाँ दूतावास, वैदेशिक शाखाका निर्देशक वाङ तोङ, राखेपका सदस्य एवं नेपाल उसु महासंघका अध्यक्ष जनक बर्तौलालगायतको उपस्थिति थियो ।

तीनदिने प्रतियोगितामा पाँच प्रदेश र तीन विभागीय गरी आठ टोलीका १०० खेलाडीको सहभागिता रहेको आयोजक महासंघका सचिव नवीन बस्नेतले जनाएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  २३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu