site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
जर्मनीलाई हराउँदै स्पेन लगातार दोस्रोपटक सेमिफाइनलमा
SkywellSkywell

काठमाडौं । घरेलु टोली जर्मनीविरुद्ध २–१ को जित निकाल्दै स्पेन युरो–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार एमएचपी एरिनामा भएको क्वार्टरफाइनलमा स्पेनलाई जित दिलाउन ड्यानी ओल्मो र मिकेल मेरिनोले गोल गरे । घरेलु टोली जर्मनीका फ्लोरियन विर्ट्जले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् । 

KFC Island Ad
NIC Asia

खेलको ५१औँ मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई अग्रतामा राखेका थिए । स्पेनले यो अग्रतालाई खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदासम्म कायम राखेको थियो । 

तर, ८९ औँ मिनेटमा विर्ट्जले गोल गर्दै घरेलु समर्थकमाझ जर्मनीको सम्भावना कायम राखेका थिए । उनी जर्मनीबाट युरोपियन च्याम्पियनसिपमा गोल गर्ने सबैभन्दा युवा खेलाडी बने । 

यसपछि, निर्धारित ९० मिनेट र इन्जुरी समयमा गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ११९ औँ मिनेटमा मेरिनोले गोल गर्दै स्पेनलाई पुनः २–१ को अग्रतामा राखेका थिए । 

मेरिनोको यही गोल निर्णायकभन्दा स्पेन लगातार दोस्रोपटक प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । युरो २०२० को सेमिफाइनलमा प्रवेश गरे पनि स्पेन इटालीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो ।

प्रतियोगिताको इतिहासमा सन् १९८८ को संस्करण यता जर्मनीले युरोपियन च्याम्पियनसिपमा स्पेनलाई हराउन सकेको छैन । जर्मनी र स्पेन दुवैले समान तीनपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेका छन् । 

स्पेनले अब फाइनल प्रवेशका लागि पोर्चुगल र फ्रान्सको विजेतासँग खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro