site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालमा खुलेका विदेशी कलेजमा ठूलो समस्या, तत्काल कानुनी दायरामा ल्याउन १५ बुँदे सिफारिस 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका विदेशी सम्बन्धनप्राप्त शिक्षण संस्थाहरूमा कमजोरी रहेको निष्कर्ष सरकारी अध्ययन समितिले निकालेको छ । विदेशी शिक्षण संस्थाको सम्बन्धमा नेपालमा सञ्चालित शिक्षण संस्थाहरूको अध्ययनका लागि गठित विज्ञ समितिको प्रतिवेदनले कमजोरी रहेको औंल्याएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले विदेशी शिक्षण संस्थाको सिफारिस, अनुमति, कार्यक्रमको गुणस्तर र अनुगमन कार्य व्यवस्थित गर्न विभिन्न समस्या रहेको निष्कर्ष निकालेको छ । नेपालमा रहेका विदेशी विश्वविद्यालयका कलेजहरू विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ अनुसार सञ्चालनमा रहेका छन् ।

यो निर्देशका २०७२ को साउन र २०७४ को भदौ गरी दुई पटक संशोधन भएको छ ।

Agni Group
NIC Asia

के छन् समस्या ?

यो निर्देशिकाको भरमा मात्रै विदेशी कलेज सञ्चालन गर्नु समस्या रहेको प्रतिवेदनमा उल्लेख छ । यो विषयलाई सर्वाेच्चले समेत औंल्याएको प्रतिवेदनमा समेटिएको छ । 

Global Ime bank

यो निर्देशिका कुन ऐनअन्तर्गत तर्जुमा गरी कार्यान्वयन गरिएको हो भन्ने स्पष्ट नभएको पनि उल्लेख छ । निजी लगानीका प्राविधिक महाविद्यालयसम्बन्धी आधारभूत नीति २०६३ मा पनि यो विषय उल्लेख छैन ।

यस्ता कलेज प्रत्येक वर्ष नवीकरण गराउनुपर्ने व्यवस्था व्यवहारिक नभएको र नवीकरण भए/भएको अनुगमन समेत नहुने समस्या देखिएको छ । विदेशी कलेजको गुणस्तर, नीतिगत नियमन, ए–लेभलको कार्यक्रम र यससँग जोडिएका संस्थाको व्यवस्थापनलाई पनि प्रतिवेदनले समस्याका रूपमा औंल्याइएको छ ।

विदेशी सम्बन्धनमा खुलेका कलेजमा कुन वर्ष कुन विषयमा कति विद्यार्थी अध्ययन गरिरहेका छन् भन्ने तथ्यांक नै उपलब्ध नहुने गरेको पाइएको छ । मन्त्रीको नेतृत्वमा सिफारिस र अनुगमन समिति बन्ने विषयले निष्पक्षता नहुने, कलेजको र विद्यार्थीको समकक्षता चाहिने दोहोरो शुल्क र झन्झटिलो व्यवस्था छ । 

अनुमति लिन बुझाउनुपर्ने शुल्क महँगो, सम्बन्धन परिवर्तनसम्बन्धी अस्पष्ट व्यवस्था, जनशक्तिको मापदण्ड र सिफारिस, गुणस्तर तथा अनुगमन प्रभावकारी नहुँदा समस्या रहेको प्रतिवेदनमा उल्लेख छ ।

विदेशी शिक्षण संस्थाबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न गत वैशाख १४ गते शिक्षामन्त्रीको निर्णयअनुसार पूर्वसचिव शंकरप्रसाद कोइरालाको संयोजकत्वमा समिति गठन भएको थियो । अध्ययन समितिको सदस्यमा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. राजेशकुमार राई सदस्य र शिक्षामन्त्रालयका उपसचिव परशुराम तिवारी सदस्य सचिव थिए ।

१५ बुँदे सिफारिसमा के छ ?

समितिले विदेशी विश्वविद्यालयको सम्बन्धनमा उच्च शिक्षाप्रदायक संस्था खोल्ने विषयलाई विधायिकी कानुनको दायराअन्तर्गत नै ल्याउनु जरुरी रहेको औंल्याइएको छ । शिक्षा मन्त्रालयले प्रस्ताव गरेको वा गर्ने एकीकृत उच्च शिक्षा ऐन वा छाता ऐनमा यसलाई राख्न सकिने समितिको सिफारिस छ ।

ऐन बनाउन समय लाग्ने हुँदा तत्काललाई प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ अनुसार नियमावली बनाई कानुनी दायरामा ल्याउनुपर्ने समितिको निष्कर्ष छ ।

तर, यो नियमावली बनाउन समेत समय लाग्ने हुँदा अन्तरिम व्यवस्थाका लागि कार्यविधि ऐन २०१३ अनुसार विदेशी कलेज सञ्चालनसम्बन्धी २०५९ को निर्देशिकालाई परिमार्जन गर्नुपर्ने अध्ययनको निष्कर्ष छ ।

अनुगमनका लागि मन्त्रीको सट्टा विश्विद्यालयको प्राध्यापकको नेतृत्वमा विषयविज्ञ समिति बनाउनुपर्ने,  अनुमति, नाम तथा स्थापना मिति परिवर्तनको जानकारी ६० दिनभित्र दिनुपर्नेलगायत सुझाव समितिले सिफारिस गरेको छ ।

समितिले सरकारले दिएको अनुमति, सिट, शुल्क सबै विषय कलेजले वेबसाइटमा राख्ने, अनुमति माग्दा तह, कार्यक्रम र विद्यार्थी संख्या खुलाउनुपर्ने, कार्यक्रमको अवधिअनुसार नवीकरण गराइनुपर्ने, अनुमति पाउन संस्था दर्ता भएर करको दायरामा आउनुपर्नेलगायत सिफारिस गरेको छ । 

एउटा संस्थाले अधिकतम चारवटा कार्यक्रम सञ्चालन गर्न पाउने, ए–लेभललाई विद्यालय शिक्षामा ल्याउनुपर्ने, अन्तर्राष्ट्रिय वरियतामा एक हजारभित्र रहेका विश्वविद्यालयका कार्यक्रममात्र भित्र्याउनुपर्नेलगायत १५ बुँदे सिफारिस अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ ।

कुनै कारणले शिक्षण संस्था बन्द भए अध्ययनरत विद्यार्थीको अध्ययन पूरा गराउने र दायित्व सम्बन्धित शिक्षण संस्था र त्यसका सञ्चालकको हुने समितिको सिफारिस छ ।

नयाँ निर्देशिकालाई पारदर्शी र जवाफदेही बनाउनुपर्ने, अनुगमन प्रणालीलाई थप व्यवस्थित गरी विद्यार्थीमैत्री व्यवस्थापन बनाउन मन्त्रालय र सरोकारवालाई जिम्मेवार बनाउनुपर्ने समितिको प्रतिवेदनमा उल्लेख छ ।

कति छन् नेपालमा विदेशी कलेज ?

शिक्षा मन्त्रालयको तथ्यांक अनुसार, हाल नेपालमा विदेशी शिक्षण संस्था वा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ८८ वटा कलेज वा शिक्षण संस्था सञ्चालनमा छन् । जसमा ए–लेभल र सो सरहका ३२ सहित स्नातक र स्नातकोत्तर पढाइ हुने ५९ कलेज छन् ।

काठमाडौं उपत्यकाबाहिर रहेका यस्ता कलेजको संख्या २२ छ । नेपालमा नेपाली विश्वविद्यालय भने १३ वटा रहेको र तीअन्तर्गत एक हजार ३६५ वटा क्याम्पस सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

शिक्षा मन्त्रालयअन्तर्गतको अध्ययन समितिले ‘दीर्घकालीनरुपमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालन गर्ने शिक्षण संस्थाहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक’ रहेको निष्कर्ष निकालेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu