site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
जीडब्ल्यूएमले ६ महिनामा बेच्ये साढे पाँच लाख गाडी, विश्वव्यापी बजार बढाउँदै
Siddhartha BankSiddhartha Bank

कठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी ग्रेट वाल मोटर (जीडब्लयूएम)ले सन् २०२४ को ६ महिनामा साढे पाँच लाखभन्दा बढी गाडी बिक्री गरेको छ ।

गत जनवरीदेखि जुनसम्म अघिल्लो वर्षको तुलनामा ७.७९ प्रतिशत बढी पाँच लाख ५९ हजार ६६९ गाडी बिक्री भएको तथ्यांक कम्पनीले सार्वजनिक गरेको हो ।

Agni Group
NIC Asia

यसमध्ये विदेशमा बिक्री भएका गाडीको संख्या दुई लाख एक हजार ५०० रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६२.५९ प्रतिशतले बढी भएको कम्पनीको दाबी छ ।

जुन महिनामा मात्रै विदेशमा ३८ हजार १०४ गाडी बिक्री गरेको जीडब्ल्यूएमले जनाएको छ ।

Global Ime bank

विश्वबजार विस्तार गरिरहेको बताउने कम्पनीले यस वर्ष विदेशमा पाँच लाख बढी गाडी बिक्री गर्ने लक्ष्य राखेको छ । कम्पनीले सन् २०२२ मा वान जीडब्लयूएम ग्लोबल रणनीति सार्वजनिक गरेको थियो ।

यो लक्ष्य पूरा गर्न कम्पनीले संस्थागत सुधार र जनशक्ति व्यवस्थापनमा महत्त्वपूर्ण काम गरिरहेको बताएको छ । गत वर्ष ७०० रहेको विदेशी डिलरसिपको संख्या यस वर्ष एक हजार पुगेको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu