कला
काठमाडौं चलचित्र ‘वर एण्ड बधु’को रिलिज मिति लिएको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्र भदौ १४ गतेबाट देशभरका हलमा रिलिज हुने निर्माणपक्षले जनाएको छ । तिजको छेको पारेर रिलिज गर्न लागिएको हो ।
आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहेको चलचित्रमा गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, विजय लामा, किरण केसीलगायत कलाकारको अभिनय छ ।
जानुका थापाको लगानी रहेको चलचित्रमा अमित रिजाल कार्यकारी निर्माता छन् ।
चलचित्रको छायांकन नेपाल र रोमानियामा गरिएको छ ।
प्रकाशित मिति: बुधबार, असार १९, २०८१ १५:५७
प्रतिक्रिया दिनुहोस्