site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनपीएलका उत्कृष्ट नेपाली क्रिकेटरले ओमोडा गाडी पाउने 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को बेस्ट प्लेयरले ओमोडा एन्ड जेइको कम्पनीको गाडी पाउने भएका छन् । 

यसका लागि एनपीएल आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार ओमोडा एन्ड जेइकोलाई सहप्रायोजकका रूपमा सम्झौता गरेको छ । क्यानले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै एनपीएलको पहिलो संस्करणका लागि सह–प्रायोजकको रूपमा ओमोडा एन्ड जेइकोसँग साझेदारी गरेको हो । क्यानका सचिव पारस खड्का र एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । 

एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा एन्ड जेइको र एनपीएलबीचको यो सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । उनले नेपाली क्रिकेटले लोकप्रियता तथा सफलता पाउँदै गरेको समयमा खेल विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुग्ने आशा व्यक्त गरे ।

कम्पनीले ओमोडा एन्ड जेइको र एनपीएलबीचको सहकार्यले नेपाली क्रिकेटको विकासमा उल्लेखनीय भूमिका खेल्ने र प्रतिभावान नेपाली युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत गर्दै नेपाल क्रिकेट लिगको विकास र सफलतामा योगदान पुर्‍याउने विश्वास लिएको छ ।

क्यानका सचिव खड्काले पछिल्लो २०/३० वर्षमा उतारचढाव रहेको नेपाली क्रिकेटमा एनपीएलको आयोजनाले उत्साह ल्याएको उल्लेख गर्दै यो साझेदारीले नेपाली क्रिकेटरमा छुटै उत्साह मिल्ने बताए । आगामी मंसिर १५ गतेदेखि एनपीएल सुरु हुँदैछ । पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुनेछ । एनपीएलका खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro