site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अख्तियार आयुक्त अमात्यले गुठीको जग्गा मिचेर घर बनाएपछि ललितपुर महानगरले चलायो डोजर
Siddhartha BankSiddhartha Bank

काठमाडौं । अख्तियार आयुक्त सुमित्रा अमात्यले गुठीको जग्गा मिचेको पाइएपछि ललितपुर महानगरपालिकाले डोजर चलाइदिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बुधबार आफ्नै उपस्थितिमा डोजर चलाउन निर्देशन दिएका थिए ।

ललितपुर १० चाकुपाटस्थित सुमित्रा अमात्य सम्पदाको जग्गा मिचेर बनाएको पाइएपछि महानगरले खाली गराएको जनाएको छ । गुठीयार, आयुक्तको परिवार र महानगरबीच पटक पटक छलफल गरेर जग्गा खाली गराउन आग्रह गरिएको भए पनि अँटेरी गरेपछि डोजर चलाउनुपरेको महानगरले जनाएको छ ।

“आयुक्तको घरको मूलगेट र पर्खाल भत्काइदिएको छ,” महानगर स्रोतले भन्यो,“गुठियार, आयुक्त र महानगरबीच पटक पटक कुराकानी हुँदा पनि अँटेर गरेपछि भत्काउनुपरेको हो ।”

Agni Group
NIC Asia

lalitpur-1720001346.jpg
 

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले गुठीको जग्गा भएको र गुठीयारले पटक  पटक अनुरोध गर्दा पनि नमानेपछि भत्काउनुपरेको बताए ।

Global Ime bank

बाह्रखरीसँग कुरा गर्दै उनले भने, “यो देवस्थलको जग्गा हो । महर्जन र अमात्य गुठी थियो । जहाँ भोज खाने र पूजा गर्ने स्थान थियो । त्यही नै हडपेको पाइयो । सम्पदा मिचेर पर्खाल बढाउने र ढोका राख्न अनुमति नदिँदा पनि बनाएपछि भत्काउनुपरेको हो ।”

lalitpur1-1720001346.jpg
उनका अनुसार महर्जन र अमात्य गुठीका पदाधिकारी पटक पटक महानगरसँग अनुरोध गर्न आएका थिए । उनीहरु लगातार जग्गा खाली गराइदिन भन्दै अनुरोधमा आएपछि भत्काउनुपरेको उनले बताए ।

dddddd-1720004439.JPG
स्थानीय सुरेशमान महर्जनले आफूहरुको आग्रहमा ललितपुर महानगरले अवैध संरचना भत्काइदिएको बताएका छन् ।

उनले मेयर र वडाध्यक्षलाई धन्यवाद दिँदैन गुठीको जग्गामा संरचना नबनाउन आफूहरुले पटक पटक आग्रह गर्दा पनि अमात्य परिवारले नमानेको बताए । अर्का एक ७० वर्षका स्थानीय कुकाल डंगोलले पनि महानगरलाई साथ दिन आफू आएको बताएका थिए ।

उनले जग्गा अतिक्रमण जस्तो काममा देशको महत्वपूर्ण निकायमा बसेका व्यक्ति नै संलग्न हुँदा नराम्रो लागेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu