site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
राहुलबारे मोदीको टिप्पणी– बालक बुद्धि
Siddhartha BankSiddhartha Bank

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी नेता राहुल गान्धीको मन्तव्यलाई बालक बुद्धि भएको टिप्पणी गरेका छन् । लोकसभामा मंगलबार करिब दुई घण्टा बोल्दै मोदीले विपक्षी नेता राहुलको नाम नलिई हिजो जे भयो देशवासीले सदियौंसम्म त्यसलाई माफी नगर्ने बताएका छन् । 

राहुलले सोमबार करिब डेढ घण्टा लामो मन्तव्यका क्रममा हिन्दु धर्मका अनुयायीहरू भारतमा हिंस्रक रूपमा देखिएको भन्दै भाजपातर्फ व्यंग्य गरेका थिए ।
 
प्रधानमन्त्री मोदीले मंगलबार जवाफ दिने क्रममा १३१ वर्षअघि अमेरिकाको शिकागोमा स्वामी विवेकानन्दको भाषण उल्लेख गर्दै हिन्दु सहनशील भएको, अपनत्वका लागि जिउने समूह भएको भन्दै अहिले हिन्दुलाई आरोप लगाउने काम भएको बताएका थिए । 

Agni Group
NIC Asia

दुवै नेताले राष्ट्रपतिको हालैको सम्बोधनका सम्बन्धमा धन्यवाद ज्ञापन गर्ने क्रममा अभिव्यक्ति दिएका हुन् । 

प्रधानमन्त्रीले मंगलबार बोल्दै गर्दा विपक्षी सांसदले सदनमा लगातार ‘मणिपुरलाई न्याय देऊ’, ‘वि वान्ट जस्टिस’जस्ता नारा लगाइरहेका थिए ।

Global Ime bank

प्रधानमन्त्री मोदीले सम्बोधनका क्रममा विपक्षी नेता राहुलतर्फ इंगित गर्दै भनेका थिए, “बच्चाको मन बहलाउने काम चलिरहेको छ । बालक बुद्धिको केही पनि समझमा आउँदैन ।” 

“मोदीजीले यो सम्झनुपर्छ कि उनको पार्टीको मानिस जसलाई पप्पु भन्थे उनी अब ठूलो भइसकेका छन् । राहुल गान्धीलाई अब कोही पनि पप्पु वा बच्चा मान्दैनन्,” प्रधानमन्त्रीले राहुललाई बच्चा भनेकोमा टिप्पणी गर्दै वरिष्ठ राजनीतिक विश्लेषक सञ्जीव श्रीवास्तवले बीबीसीसँग भनेका छन्, “उनले भारतको राजनीतिमा आफ्नो स्थान बनाइसकेका छन् । अहिले उनी प्रतिपक्षका नेता छन् ।” बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu