site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते
प्रतीकात्मक तस्बिर ।

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३, गठ्ठाघरचोकमा बिहीबार (आज) बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।

यहाँबाट काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका–५, द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका छन् । निजकी श्रीमती नवीनाको मृत्यु भएको छ । नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरमा घाइते जितेको उपचार भइरहेको छ ।

प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro