site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
च्याम्पियन्स लिग : रियालविरुद्ध १५ वर्षपछि लिभरपुलको जित

काठमाडौं । इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब रियाल मड्रिडविरुद्ध यूईएफए च्याम्पियन्स लिगमा १५ वर्षपछि जित निकालेको छ । लिभरपुलले बुधबार राति एन्फिल्डमा भएको खेलमा स्पेनिस जायन्टविरुद्ध २–० को जित निकालेको हो ।

लिभरपुलले यसअघि पछिल्लोपटक सन् २००८–०९ को संस्करणमा रियालविरुद्ध जित निकालेको थियो । च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा लिभरपुलले रियालविरुद्ध ४–० को जित निकालेको थियो । त्यसयता च्याम्पियन्स लिगमै यी दुई टिमबीच आठ खेल भएको थियो । तीमध्ये सात खेलमा रियाल विजयी भएको थियो । एक खेल भने गोलरहित बराबरीमा टुंगिएको थियो ।

बुधबार घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन एलेक्सिस म्याक एलिस्टर र कोडी गाक्पोले गोल गरे । लिभरपुलले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको ५२औँ मिनेटमा एलिस्टरको गोलमा लिभरपुलले अग्रता बनाएको थियो । ७६औँ मिनेटमा गाक्पोले घरेलु टिमको अग्रता दोब्बर बनाए । यसपछि दुवै टिमबाट गोल नहुँदा लिभरपुलले तीन अंक जोडेको हो ।

जारी सिजन शतप्रतिशत जित निकालेको लिभरपुल पाँच खेलबाट १५ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुललाई पछ्याइरहेको इन्टर मिलानको समान खेलबाट १३ अंक छ । समान खेलबाट ६ अंकको रियाल २४औँ स्थानमा छ । रियालले खेलेका पाँच खेलमध्ये यो तेस्रो हार हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  ०९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro