site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जग्रेबविरुद्ध डर्टमन्डको सहज जित 

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसिया डर्टमन्डले डाइनामो जग्रेबविरुद्ध ३–० को सहज जित निकालेको छ ।

बुधबार राति डाइनामोकै घरमा भएको खेलमा डर्टमन्डलाई जित दिलाउन जेमी जिटेन्स, रामी बेन्सेबाइनी र सेहोउ गुइरासीले गोल गरे । डर्टमन्डले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल थपेको हो ।

खेलको ४१औँ मिनेटमा जिटेन्सको गोलमा डर्टमन्डले अग्रता बनाएको थियो । ५६औँ मिनेटमा बेन्सबाइनीले पाहुना टिमको अग्रता दोब्बर बनाए । ९०औँ मिनेटमा गुइरासीले टिमका निम्ति तेस्रो गोल गरेपछि डर्टमन्डले सहज तीन अंक पक्का गरेको हो ।

जितसँगै पाँच खेलबाट १२ अंक जोडेको डर्टमन्ड तालिकाको चौथो स्थानमा उक्लिएको छ । डर्टमन्ड शीर्ष स्थानको लिभरपुलभन्दा तीन अंकले पछाडि छ । समान खेलबाट सात अंकको जग्रेब २३औँ स्थानमा छ ।

लिगमा बुधबार नै भएका अन्य खेलमा बेन्फिकाले एएस मोनाकोविरुद्ध ३–२ को, लिलले बोलोग्नाविरुद्ध २–१ को र पीएसभी आइन्डोभनले सख्तर डोनेस्कविरुद्ध ३–२ को जित निकालेको छन् । यस्तै, युभेन्ट्स र एस्टन भिल्लाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro