site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युरो २०२४ : नेदरल्यान्ड्स र टर्की क्वार्टरफाइनलमा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । रोमानियाविरुद्ध ३–० को सहज जित निकाल्दै नेदरल्यान्ड्स युरो–२०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार एलियन्ज रंगशालामा सम्पन्न खेलमा डच टिमलाई जित दिलाउन डनयल मालेनले दुई र कोडी गाक्पोले एक गोल गरे । 

खेलको २०औँ मिनेटमा गाक्पोले गोल गरेपछि नेदरल्यान्ड्सले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । मालेनले ८३औँ मिनेटमा गोल गर्दै डच टिमको अग्रता दोब्बर पारे । 

Agni Group
NIC Asia

इन्जुरी समयमा मालेनले नै गोल गरेपछि नेदरल्यान्ड्सले ३–० को जित पक्का गरेको हो । 

मंगलबार नै भएको अर्को प्रि–क्वार्टरफाइनलमा अस्ट्रियाविरुद्ध २–१ को जित निकाल्दै टर्कीले पनि अन्तिम–८ मा स्थान बनाएको छ । टर्कीको जितमा दुवै गोल मेरिह डेमिरालले गरे । अस्ट्रियाका माइकल ग्रेगोरिचले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

Global Ime bank

सेमिफाइनल प्रवेशका लागि अब नेदरल्यान्ड्सले टर्कीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यो खेलसँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । प्रतियोगितामा स्पेन, जर्मनी, पोर्चुगल, फ्रान्स, इंग्ल्यान्ड, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स र टर्कीयाले अन्तिम–८ को यात्रा तय गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu