site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीमा पुरानै अनुहार, भुसालको दाबी बार्गेनिङका लागि थियो ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को महाधिवेशनले पुरानै नेतृत्वलाई अनुमोदन गरेको छ ।  कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको हो । 

सम्मानित नेता झलनाथ खनाल चयन भएका छन् । यसअघि तीन नेताहरु सोही पदमै थिए ।  २०७८ भदौमा नेकपा (एमाले) विभाजित हुँदा नेपाल अध्यक्ष बनेका थिए ।  दिल्लीमा उपचार गराइरहेका खनालले पार्टी विभाजनलाई साथ दिएका थिए । 

महासचिव बनेका भुसाल भने पार्टी विभाजन गर्नुपर्ने बैठकहरुमा साथ दिए पनि अन्त्यमा एमालेमा नै बसेका थिए ।  उनी ०७९ पुुस २९ गतेमात्रै एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनी ०७९ चैतमा महासचिवमा मनोनीत भएका थिए ।

Dabur Nepal
NIC Asia

प्रतिनिधिसभाको चुनावमा स्वतन्त्र उमेदवारी दिएका भुसाल निर्वाचनमा पराजय बेहोरेपछि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
 
अध्यक्षको दाबी गरेका भुसाल महासचिवमा नै दोहोरिए ।  एकीकृत समाजवादीले पार्टी विभाजनको तीन वर्ष नपुग्दै महाधिवेशन गरेको हो ।  असार १६ गतेबाट जारी महाधिवेशनमा अरु पद भने टुंगिन सकेको छैन । 
महाधिवेशनको हलमा अध्यक्ष मण्डलका नेता समेत रहेका खनालले बाँकी पदहरुमा सर्वसम्मत गरिने जानकारी दिए । 

उनले प्रतिनिधिहरुलाई अरु पदमा पनि सहमति गरिने र भोलि उपस्थित हुने गरी घर जान निर्देशन दिए ।  महाधिवेशन हलले बाँकी पद मिलाउने जिम्मा निवर्तमान सचिवालयलाई दिएको छ ।  भोलि सहमतिमा नै ती पद घोषणा गर्ने तयारी रहेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए । 

“तीन पदमा सर्वसम्मत घोषणा भएको छ । बाँकी पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार पहिलेकै सचिवालयले पाएको छ,” श्रेष्ठले भने । 

प्रतिनिधिहरुलाई भोलि बिहान ८ बजे उपस्थित हुुन निर्देशन दिइएको छ ।

कसरी भयो सहमति ? 

सम्मानित नेता खनाल महाधिवेशन अगावै अध्यक्षको रेसबाट बाहिरिएका थिए ।  उनले महासचिव भुसाललाई अध्यक्षमा सहयोेग गर्ने वचन दिएका थिए । तर, भुसाल पनि अध्यक्षमा चुनाव लड्न तयार भएनन् । 

महाधिवेशनमा प्रस्तुत चारवटा दस्तावेजमा छलफल गर्नका लागि १२ समूह बनाइएको थियो ।  १२ वटै समूहका टोली नेताले नेतृत्वमा सर्वसम्मत गर्नुपर्ने छलफलको निष्कर्ष प्रस्तुत गरेका थिए ।  समूहगत छलफलमा अध्यक्षमा नेपाल र महासचिवमा भुसालले नै निरन्तरता पाउनुपर्ने निष्कर्ष आएको सुनाएका थिए । 

“समूहगत छलफलमा सबै टोलीबाट नेतृत्व सर्वसम्मत हुनुपर्ने निष्कर्ष आएको थियो,” श्रेष्ठले बाह्रखरीसँग भने, “सबैको चाहनाले काम ग¥यो । प्रतिनिधिहरुको आग्रह स्वीकार गर्दै नेताहरु सहमत हुन तयार हुनुभयो ।”

भुसालले दस्तावेज पारित हुनुअघि नै अध्यक्षको दाबीबाट पछि हटेको प्रतिनिधिहरुको भनाइ छ । 

“उहाँले अध्यक्षको दाबी तीन दिनअघि नै छाड्नुभएको थियो । उहाँले अध्यक्ष बन्ने भन्दा पनि बार्गेनिङका लागि दाबी गरेको जस्तो देखियो,” एक नेता भन्छन् । 

अध्यक्ष नेपालले महासचिवमै दोहोरिन प्रस्ताव राखेपछि उनी सरकारात्मक बनेका थिए । भुसालले आफ्ना पक्षका नेताको व्यवस्थापन गर्न माग गरेका थिए ।  भुसालले बिहीबार दिउँसोसम्म आफू उपाध्यक्ष रहने र उपमहासचिव प्रकाश ज्वालालाई महसचिव बनाउनुपर्ने अडान लिएका थिए । 

महासचिवमा उपमहासचिव जगन्नाथ खतिवडाको दाबी थियो । 

उनले भुसालबाहेक अरुलाई महासचिव बनाउने विषयमा आफू सहमत नहुने अडान लिएका थिए । भुसाल बाहेक अरु महासचिव भए चुनाव नै हुनुपर्ने अडान उनको थियो ।  महासचिवमा नै रहन नेताहरुको दबाबपछि उनी तयार भएको बताइएको छ । 

त्यसो त, अधिकांश महाधिवेशन प्रतिनिधिहरुले  विद्रोह गरेको नेतृत्वको अनुमोदन हुनुपर्ने माग राखेका थिए । सोही अनुसार अनुमोदन भएको केन्द्रीय सदस्य सुदेश पराजुली बताउँछन्। 

“विद्रोह गरेको नेतृत्वको अनुमोदन गर्नुपर्ने हामीहरुको सुरुवातीदेखिकै अडान थियो । सोही अनुसार नेतृत्व अनुमोदन भएको छ,” उनी भन्छन् । 

रामकुमारीको असन्तुष्टि  

अध्यक्ष मण्डलका अध्यक्ष रहेका सम्मानित नेता खनालले सबै सर्वसम्मत हुने भनी हललाई गराएको जानकारीप्रति असन्तुष्टि देखिएको छ । अध्यक्ष र महासचिवबाहेक अरुमा सहमति नभएको भन्दै नेतृ रामकुमारी झाँक्रीले आपत्ति प्रकट गरेकी छन् । 

उनले पदाधिकारी र केन्द्रीय सदस्य खै ? भन्दै प्रश्न गरेकी छन् । 

“अध्यक्ष र महासचिवको सर्वसम्मत गर्न म समेतको प्रयास सफल भएको हो । तर अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनाललाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्मत गर्‍यौँ/भयो भनेर प्रतिनिधिहरूलाई घर पठाउने म्यान्डेट कसले दियो ? को पदाधिकारी ? को सदस्य खै त खनाल कमरेड ?,” उनको प्रश्न छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  २०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro